काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपाल प्रगतिशील इन्जिनियर एसोसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले इन्जिनियर पेसालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिए।
सरकार इन्जिनियरको पेसागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको उनल बताए।
'सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ,' प्रधानमन्त्री ओलीले भने, 'केही मानिसहरुले विरोध गरेका छन्। त्यसलाई हामी कामबाट जवाफ दिन्छौं।'
प्रधानमन्त्रीलाई भेट्न एसोसिएसनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।