काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ।
केन्द्रीय सदस्यहरुको जिम्मेवारी,जिल्ला नेतृत्व चयन तथा विशेष जिल्ला कमिटीको संख्या टुंग्याउने विषयमा छलफल हुने जनाइएको छ।
१३ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरूको नाम टुंग्गायाइएकाे थियो। एसिया प्यासिफिक समिटले नेकपाको सचिवालय बैठक अवरुद्ध भएको थियो।
शुक्रबार बस्ने भनिएको सचिवालय बैठक प्रधानमन्त्रीको व्यस्तताले आज सारिएको बताइएको छ।
बैठक प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो तिन बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।