ब्राजिल– ब्राजिलमा दुई बैंक लुट्न शुक्रबार बिहानै गरिएका आक्रमणमा बन्धक बनाइएका पाँचजनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।
उत्तरपूर्वी ब्राजिलमा शुक्रबार बिहानै भएको उक्त आक्रमणमा ६ जना लुटेराको प्रहरीको गोली लागि मृत्यु भएको छ भने एक बच्चासहित पाँच जना बन्धक बनाइएका व्यक्तिहरूको पनि ज्यान गएको सेयरा राज्यको मिलाग्रेस शहरका नगर प्रमुख लियलसन ल्यान्डिजलाई उद्धृत गरी ब्राजिलको रेडियो व्यान्ड न्यूजले बताएको छ।
सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी ढालका रूपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।