• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

घर फर्कन नपाई साउदीमा बन्धक छन् ५ नेपाली

64x64
नेपाल लाइभ शनिबार, मंसिर २२, २०७५  ०६:०५
1140x725

काठमाडौं– सप्तरीका दशरथ यादव, विदेन्द्र महतो, दिपक मन्डल, दिलिप मन्डल र जनकपुरका सनी मन्सुर साढे २ वर्षअघि साउदी अरब पुगे। युसुप अल्जरत कन्स्ट्रक्सन कम्पनीमा लेबर भिसामा दुई वर्षको श्रम सम्झौता गरेर साउदी पुगेका पाँचैजना ६ महिनाअघि नै नेपाल फर्किनुपर्थ्यो वा भिसा थपिएको हुनुपर्थ्यो। तर, हालसम्म पनि न उनीहरु नेपाल फर्किएका छन्, नत भिसा नै ‘रिन्यू’ भएको छ।

खासमा यी पाँच नेपालीहरु साउदीमै किन रहिरहेका छन् त?

युसुप अल्जरत कन्स्ट्रक्सनमै काम गरी एक महिनाअघि मात्रै स्वदेश फर्किएका उदयपुर नेपालटारका भोजराज खड्काले नेपाल लाइभलाई बताएपछि मात्रै उनीहरुको अवस्था सतहमा आएको हो।

खासमा खड्कासमेत श्रम सम्झौताभन्दा ४ महिना बढी काम गरेर नेपाल फर्किएका थिए।

बिहीबार वैदेशिक रोजगार विभागमा भेटिएका खड्काका अनुसार सो कम्पनीले ६ महिनादेखि नै ५ नेपाली कामदारलाई करार अवधि सकिए पनि स्वदेश फर्कन नदिई काम लगाइरहेको छ। श्रम स्वीकृतिको अवधि सकिए पनि उनीहरुलाई मानसिक यातनासमेत दिने गरेको तथा ‘बन्दी’ बनाएर काम लगाइरहेको खड्काले बताए।

नेपालीहरुको अवस्थाका बारेमा खड्काले बताएपछि हामीले पीडितहरुलाई सम्पर्क गर्न खोज्यौं। सामाजिक सञ्जालबाट सप्तरीका दशरथ यादव सम्पर्कमा आए। सोपश्चात् मात्रै उनीहरुको वास्तविक अवस्थाका बारेमा बुझ्न हामीलाई सहज भयो।

पीडित यादवले आफूसहित ५ जनालाई कम्पनीले ‘बन्दी’जस्तै व्यवहार गरेको गुनासो पोखे। ‘६ महिना भयो श्रम अवधि सकिएको, तर, विना इजाजत हामीले काम गरिरहेका छौं,’ यादवले भने, ‘कम्पनीमा कुरा राख्दा न घर पठाउँछ, न श्रम इजाजत नै थपिदिएको छ।’

रोजगारदाता कम्पनी युसुप अल्जरतले उनीहरुलाई घर फर्किन्छौं भन्दा दुर्व्यवहारसमेत गर्ने गरेको उनले बताए।

Ncell 2
Ncell 2

‘हामीले पटक–पटक घर जान्छौं भन्यौं, तर हामीलाई उल्टै यातना दिने काम भयो’, यादवले भने। तर, पछिल्लो ६ महिना काम गरेबापतको पारिश्रमिक भने कम्पनीले भुक्तानी गरिरहेको यादवले स्वीकारे।

‘आफूहरुलाई स्वदेश फर्किन चाहेमा कम्पनीले हवाई टिकटको समेत व्यवस्था नगर्ने बताएको छ’, यादवको भनाइ थियो।

यादवले आफूहरुलाई नेपाल फिर्तीको वातावरण बनाइदिन पनि आग्रह गरे।

अन्नपूर्ण इन्टरनेसनल म्यानपावर प्रालिमार्फत २०७३ सालमा उनीहरु रोजगारीका लागि साउदी पुगेका थिए। साउदीस्थित अल्जरत कम्पनीका मालिक इम्बारहिम कपिल हुन्।

आफूहरुलाई कम्पनीले अकाम (लेबर लगायतका काम गर्नेलाई दिइने) परिचयपत्र पनि नदिएको पीडित यादवले बताए। साउदी अरबको कानुनमा अकाम परिचयपत्र नभएका विदेशी कामदारहरु स्वतः अवैध ठहरिन्छन्। त्यस्ता विदेशी कामदारलाई साउदी सरकारले जरिवानासमेत तिराउँदै आएको छ। 

पीडितको अवस्था बुझेपछि हामीले उनीहरुलाई साउदी पठाएको नेपालस्थित म्यानपावर अन्नपूर्ण इन्टरनेसल प्रालिका सञ्चालक दिनेश साउदसँग सम्पर्क गर्‍यौं। उनले यस विषयमा कम्पनीका मालिकसँग बरम्बार कुराकानी भइरहेको बताए। उनले पीडित नेपालीको उद्धारका लागि अर्को साता साउदी जान लागेको समेत जानकारी दिए। ‘कम्पनीले समयमा तलब र अन्य सुविधासमेत दिइरहेको जानकारी आफूलाई गराएको छ।’, उनले भने, ‘पीडित ५ नेपालीको स्वदेश फिर्तीका लागि अर्को साता साउदी जाँदैछु।’

साउदी जाने हकमा सरकारले २ वर्षका लागि मात्रै श्रम स्वीकृति दिँदै आएको छ। तर, यादवसहितका ५ जना नेपाली भने श्रम अवधि सकिएको ६ महिना भइसक्दा पनि साउदीमा ‘अवैध’ रुपमा काम गर्न बाध्य छन्। 

यस सम्बन्धमा विभागमा कुनै पनि जानकारी नआएको विभागका महानिर्देशक दिलिपकुमार चापागाईंले बताए। उनले भने, ‘यस सम्बन्धमा विभागमा हालसम्म कुनै पनि उजुरी परेको छैन। यद्यपि घटनाका बारेमा भने जानकारी लिने र सोही अनुसारको आवश्यक प्रक्रिया अगाडि बढाइने छ।’ 

पहिल्लो समय साउदी रोजगारीमा गएका धेरै नेपाली कामदार समस्यामा पर्ने गरेका छन्। दुई वर्षअघि साउदीमा देखिएको आर्थिक तरलताका कारण रोजगारदाता कम्पनीमा आर्थिक संकट उत्पन्न भइरहेको छ। जसका कारण धेरै रोजगारदाता कम्पनी बन्द हुँदा रोजगारीका लागि साउदी पुगेका विदेशी कामदार अलपत्र पर्ने तथा अवैध रुपमै कामदारहरुलाई राख्ने क्रम बढिरहेको छ।

वैदेशिक रोजगारीमा साउदीसँगै मलेसिया, कतार र कुवेत गएका धेरै नेपाली समस्यामा पर्ने गरेको उजुरी आउने गरेको विभाग बताउँछ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  ०६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ सोमबार, असोज २७, २०८२
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्