• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हत्या र डकैतीमा साढे १० वर्ष जेल बसेका लिम्बूको यस्तो छ अपराध शृंखला

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २१, २०७५  १५:४२
1140x725

काठमाडौं– डकैतीमा संलग्न हुँदै आएका राजन लिम्बू काठमाडौंमा रहेको सुइँको पाएपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोली शुक्रबार दिउँसो रातोपुल एरिया पुग्यो। यसअघि विभिन्न अपराधकर्ममा मुछिएका लिम्बुलाई पक्राउ गर्न जब प्रहरी टोली अघि बढ्यो, उनले उल्टै पेस्तोल तेर्स्याए। प्रतिकारमा प्रहरीले नियन्त्रणमा लिन उनीमाथि गोली चलायो। खुट्टामा गोली लागेका उनी घाइते भए। प्रहरीको पञ्जाबाट उनी उम्कन सकेनन्। 

उनले पनि प्रहरीतिर एक राउन्ड गोली प्रहार गरेका थिए।

महाशाखाको टोलीले रातोपुल र कालोपुलबीच पर्ने धोबीखोला करिडोरमा उक्त घटना भएको हो।

प्रहरीले उनको साथबाट एउटा पेस्तोल र ४ राउन्ड गोलीसमेत बरामद गरेको छ। लिम्बुलाई पक्राउ गर्न खोज्दा प्रहरीतर्फ नै फायरिङ गरेपछि खुट्टामा गोली हानेर पक्राउ गर्नुपरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।

पक्राउ परेका लिम्बू डाका मुद्दामा साढे १० वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्। पटकपटक डकैती गर्दै फरार लिम्बू काठमाडौं उपत्यकामा सुनचाँदी पसल, आइएमई लुटपाटका २३ वटा घटना र भक्तपुर दत्तात्रय बस्ने माधव नेपालीको हत्यामा संलग्न भएको आरोपमा दोषी ठहर भएर ६ वर्ष जेल बसेका थिए। 

६ वर्षको जेलबाट छुटेका लिम्बूको बानी सुध्रनुको साटो झनै आपराधिक बन्दै गयो। लगत्तै उनी डाका गरेकाे अाराेपमा रामेछापमा पक्राउ परेर २ वर्ष जेल बसेका थिए।

त्यसपछि उनले आफ्नो डकैती इलाका परिवर्तन गर्न पूर्वी तराईका जिल्लामा आतंक फैलाउन थालेका थिए।

सुनसरीकै स्थानीय समेत रहेका लिम्बू त्यहाँका ५ वटा आइएमई लुटपाटमा पक्राउ परेका थिए। त्यसबेला झुम्का कारागारमा साढे २ वर्ष जेल जीवन बिताएर छुटेका थिए। 

Ncell 2
Ncell 2

६ महिनाअघि सुनसरीमा आइएमई तथा वित्तीय संस्था लुटपाट गरेपछि उनी प्रहरीको खोजी सूचीमा थिए। अन्तत: प्रहरी लिम्बूलाई पक्राउ गर्न सफल भएको छ।

यस्तो छ लिम्बूको अपराध कर्म 
४४ वर्षीय लिम्बू सुनसरी इटहरी उप-महानगरपालिका वडा ५ पचरुखी निवासी हुन्। हाल उनी अनामनगर बस्दै आएका थिए।

५/६ जनाको समूह बनाएर पेस्तोल देखाउँदै लुट्ने गरेको अपराध महाशाखाका डिएसपी रुगम कुँवरले बताए।

उनको समूह दिउँसै आर्थिक कारोबार हुने ठाउँहरूमा जाने र पेस्तोल ताक्दै धम्की दिएर रकम लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ। झन्डै १५ वर्षअघिदेखि लुटपाट गर्न थालेका लिम्बूले सयौं पटक लुटिसकेको प्रहरीले बताएको छ।

२०६२ कात्तिक २ गते लिम्बूविरुद्ध महानगरीय प्रहरी परिसरमा थमन गुरुङसहित ६ जनाको समूहमा आएको डाका समूहले हातहतियार लिई धम्की दिएर नगद तथा जिन्सीका समान लुटपाट गरेको भन्दै उजुरी परेको थियो।

त्यसको एक दशकपछि २०७३ फागुन १५ गते झापाको काँकडभिट्टामा डाका गरी फरार भएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो।

को २८ प ४४४ नम्बरको मोटरसाइकलमा पूर्णबहादुर लुंगेली सहितका व्यक्ति आएर जीवन विकास लुघवित्त संस्थाका कर्मचारीहरूलाई समेत पेस्तोल देखाई १० हजार र उक्त संस्थामा कारोबार गर्न आएका वीरबहादुर प्रधानको ९० हजार रुपैयाँ लुटेर फरार भएका थिए। 

त्यस्तै काठमाडौंमा लुटपाट गरेको भन्दै लिम्बूविरुद्ध रवीन राईले २०६३ साउन ३० गते किटान जाहेरीसमेत दिएका थिए। उनले राईले सञ्चालन गरेको गेष्ट हाउसमा पेस्तोल देखाएर साढे ८६ हजार रुपैयाँ लुटेका थिए।

रोवल को–अपरेटिभ लिमिटेडको कार्यालयमा प्रवेश गरी पेस्तोल देखाएर ११ लाख ३० हजार रुपैयाँ लुटेको भन्दै उनीविरुद्ध २०६३ भदौ २० गते काठमाडौं प्रहरीमा उजुरी परेको थियो।

काठमाडौंमै २०६३ असोज २१ गते ३ लाख ६१ हजार १ सय रुपैयाँ लुटपाट गरेको भन्दै लिम्बूविरुद्ध उजुरी परेको थियो।

पछिल्लो समय उनी मंसिर १२ गते इटहरीस्थित एक आइमएईममा कार्यरत व्यक्तिलाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेर फरार भएका थिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ सोमबार, असोज २७, २०८२
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो सोमबार, असोज २७, २०८२
नेपाल सुन्दर भए पनि जोखिमपूर्ण छ: गृहमन्त्री अर्याल सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्