काठमाडौं- काठमाडौंको रातोपुलमा गोली चलेको छ।
डकैती समूहका नाइके राजन लिम्बूमाथि प्रहरीले गोली चलाएको हो। उनी इटहरीका हुन्।
पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै गोली चलाएका थिए। उनको साथबाट एक पेस्तोल र ४ राउन्ड गोली बरामद गरिएको छ।
मिटर ब्याजमा समेत संलग्न उनलाई पक्राउ गर्ने क्रममा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले खुट्टामा गोली हानेको हो। घाइते उनको वीर अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।