• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

कर छलीको नमुना : करोडौं आम्दानी, कर ५ हजार

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २१, २०७५  ११:२२
1140x725

काठमाडौं– गत १ भदौमा राजस्व अनुसन्धान विभागले एक व्यापारिक फर्मका सञ्चालक दम्पतीविरुद्ध झन्डै पौनै ३ अर्ब रुपैयाँ बिगो मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो।

विभागले कर छली गरेको अभियोगमा हिमालयन कार्गोका सञ्चालक दम्पती विनोदकुमार गुप्ता र मधुकुमारी गुप्ताविरुद्ध बिगो र जरिवानासहित २ अर्ब ७२ करोड रुपैयाँको मागदाबीसहित मुद्दा दायर गरेको थियो।

राजस्व चुहावट मुद्दामा विभागले हालसम्म दायर गरेको यो सबैभन्दा ठूलो मुद्दा हो। विभागको अनुसन्धानले उक्त फर्मले ५४ करोड ४२ लाख रुपैयाँ कर छली गरेको भेटिएको थियो।

व्यापारिक क्षेत्रमा हुने करछलीलाई सामान्य घटनाका रुपमा व्याख्या गर्न त सकिन्छ, तर यो घटनाले एउटा व्यापारीले राज्य संयन्त्रलाई धोका दिई कसरी करौडौं कर छल्छन् भन्ने देखाएको छ। उसो त करिब ८ वर्षअघि आन्तरिक राजस्व विभागले नक्कली भ्याट बिल बनाएर ६ अर्ब रुपैयाँभन्दा बढी कर छली गरेको तथ्य नै सार्वजनिक गरेको थियो।

गुप्ता दम्पतीको कर छलीको उक्त घटनाको अनसन्धानमा विभागले मुद्दाको विश्लेषण गर्नमात्रै ७२ पेज खर्चेको छ।

उनै गुप्ता दम्पतीसमेत संलग्न रहेको अर्को एक प्रकरणमा पनि २२ जनाविरुद्ध १० करोड २० लाख रुपैयाँको मुद्दा अदालतमा दायर भएको छ।

सरकारले वार्षिक औसत २० प्रतिशतका दरले राजस्व वृद्धिको लक्ष्य लिँदै आएको छ। अझै पनि सरकारले राजस्वको दरभन्दा पनि दायरा विस्तारलाई प्रमुख लक्ष्य रहेको दोहोर्‍याउँदै आएको छ। तर, ठूलो हिस्सा बराबरको कारोबार अझै पनि राजस्वको दायरामा आउन सकेको छैन। दायरामा आएको राजस्व पनि चुहावट हुने गरेको छ। त्यसलाई यो घटनाले थप प्रस्ट पारेको छ।

कारोबार करौडौं, कर ५ हजार
विभागले गरेको अनुसन्धानले मधुकुमारीको नाममा दर्ता भएको हिमालयन कार्गोले लामो समय अत्यन्त न्यून कर तिरेको तथ्य खुल्यो। उक्त कम्पनीले आफूलाई साना करदाताका रुपमा घोषणा गरी आर्थिक वर्ष (आव) २०६५/०६६ देखि २०७१/०७२ सम्ममा वार्षिक ५ हजार रुपैयाँमात्र कर तिरेको विभागले अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ। जबकि उसको वार्षिक कारोबार नै करौडौं रुपैयाँ बराबरको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, विभागले अदालतमा दायर गरेको मुद्दाको अभियोगपत्रमा उक्त फर्मले २ वर्ष त सरकारलाई कर नै नबुझाएको उल्लेख गरेको छ। फर्मले आव ०७२/०७३ देखि ०७४/०७५ सम्म कर नतिरेको विभागले जनाएको छ।

उक्त फर्मले १९ लाख रुपैयाँ आम्दानी देखाएर वार्षिक ५ हजार रुपैयाँमात्र कर तिरेको विभागको दाबी छ। तर, विभागको टोलीले अनुसन्धानका क्रममा ६४ लाख रुपैयाँको ‘रिसिभ’ रसिद नै फेला पारेको थियो।

यो घटनाले केही ठूला फर्मले आफ्नो यथार्थ कारोबार झुक्याएर र फर्जी बिल बनाएर ठूलो हिस्सा राजस्व छली गरिरहेका घटनालाई प्रतिविम्बित गरेको छ।

वर्षौंदेखि करोडौं कर छली, सरकार बेखबर 
कुनै पनि आर्थिक कारोबार गर्ने फर्म तथा व्यक्ति करको दायरामा आउनुपर्छ भन्ने करको मान्यता छ। नेपालमा वार्षिक ५० लाख कारोबार गर्ने व्यवसाय अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुनुपर्ने व्यवस्था छ। सेवाको कारोबार गर्नेका हकमा भने यस्तो सीमा २० लाख रुपैयाँ छ। भन्सार र आयकर त अनिवार्य नै भइहाल्यो।

हिमालयन कार्गोले भने वर्षौंदेखि कर छली गर्दै आएको दाबी विभागको छ।

विनोदकुमार गुप्ता भारतीय नागरिक हुन्। उनका बाबुले हिमालय कार्गो नेपाल नामक फर्म दर्ता गरेर रक्सौलमा बसी नेपालमा वस्तु आयात गर्दै आएका थिए। उनी तत्कालीन अवस्थामा भारतीय दूतावास निकट व्यक्ति थिए। उनले पनि निकै कम कारोबार देखाएर न्यून कर बुझाउँदै आएको अनुसन्धानबाट खुलेको छ।

उनको मृत्यु भएपछि पनि केही वर्ष उनकै नाममा फर्म चलिरह्यो।

त्यसको केही वर्षपछि मधुकुमारी चौधरीका नाममा नयाँ फर्म दर्ता भयो, हिमालय कार्गोका नाममा। मधुकुमारी भने नेपाली नागरिक हुन्। 

त्यसपछि गुप्ता दम्पतीले सोही कार्गोमार्फत कारोबार गर्दै आए, तर राज्यलाई करै नतिरी वा तिरेको खण्डमा पनि अत्यन्त कम। समग्र अवस्थालाई हेर्दा उनीहरूले यथार्थ कर विवरण नै बुझाएनन्।

महालेखा परीक्षक कार्यालयको ५५औं वार्षिक प्रतिवेदनअनुसार अझै पनि करिब ३० प्रतिशत करदाताले कारोबारको विवरण नै पेस गर्दैनन्।

देखाउने एउटा, गर्ने अर्को 
छोटो अवधिमा गुप्ता दम्पतीले कुल करिब १० अर्ब रुपैयाँ कमायो। उनको प्रायः सबै वाणिज्य बैंकमा खाता देखिएको छ। ती बैंकमा मात्रै करिब १० करोड रुपैयाँ मौज्दात रहेको विभागको अनुसन्धानले देखायो। उनले काठमाडौं लगायतका स्थानमा घरजग्गा समेत जोडेका छन्।

एक त उनले कारोबारको यथार्थ विवरण नै पेस गरेनन्। अर्को उनले ‘ट्रान्सपोर्ट’का नाममा भन्सार छलेर ठूलो परिमाणमा वस्तु आयात गरेका थिए।

‘ट्रान्सपोर्ट’बाटै यति धेरै कमाउन कुनै पनि हालतमा सम्भव थिएन। अहिले पनि एउटा ट्रक वीरगन्जबाट काठमाडौं ल्याउँदा एक ट्रिपमा अधिकतम १ हजारभन्दा बढी कमाउन सम्भव छैन।

गुप्ताले भने भारतबाट किस्ताबन्दीमा व्यापारीको सामान ठेक्कामा लिई भन्सार छलेर ल्याउने गरेका थिए। उनले गलत कागजात तयार गरेर, भन्सार नतिरी, न्यून बिजकीकरण लगायतका माध्यमबाट कर छली गर्दै आएका विभागको अनुसन्धानले देखाउँछ।

भन्सारमा अहिले पनि यस्तो गतिविधि रोकिन सकेको छैन। विभागकै अनुसार हाल सबैभन्दा धेरै कर छली भन्सारमा नै हुन्छ। दैनिक ठूलो परिमाणमा वस्तु आयात हुने तर सोअनुरुपको कडाइ हुन नसक्दा अधिकतम मात्रामा भन्सार छली भइरहेको दाबी विभागको छ।

केही समयअघि वीरगन्जमा फेला परेको नक्कली स्टिकर र नेपालगञ्जमा भन्सार छली गरेर ल्याइएको ट्रकको केसमा पनि उनै गुप्ताको संलग्नता देखिएको छ।

केही दिनभित्रै विभागले भन्सार छलीका सामानको अर्को मुद्दा पनि अदालतमा दायर गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्