• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अाजबाट विवाह पञ्चमी महाेत्सव सुरु, ५ हजार जन्ती सहभागी हुने

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २१, २०७५  ०६:३५
1140x725

जनकपुर– प्राचीन मिथिला र हाल प्रदेश २ को राजधानी जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको छ। महाेत्सवका लागि जानकी मन्दिर झकिझकाउ बनाइएकाे छ।

महोत्सवको पहिलो दिन शुक्रबार जनकपुर नगर दर्शन, शनिबार दोस्रो दिन फुलबारी लीला, आइतबार तेस्रो दिन धनुष यज्ञ, सोमबार चौथो दिन तिलकोत्सव, मंगलबार पाँचौँ दिन मटकोर र बुधबार छैठौं दिन मंसिर २६ गते बिहीबार राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ।

महोत्सवको अन्तिम दिन राम कलेवा गरी जन्तीको विदाइ गर्ने कार्यक्रम तय गरिएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताए।

विवाहपञ्चमी महोत्सवमा आयोधाबाट हात्ति, घोडा र उँट चढेर जन्ती जनकपुर आउने दासले जानकारी दिए। यस वर्ष विवाहपञ्चमी महोत्सवमा ५ सय विशिष्ट र ५ हजार जन्ती सहभागी हुने उनले जानकारी दिए।

महन्त दासले विवाहपञ्चमी महोत्सवको थप महत्व बढाउनका लागि विवाह महोत्सवका बारेमा जानकारी दिने १५ सय पुस्तक प्रकाशन गरी शुलभ शुल्कमा वितरण गर्ने बताए।

विवाह पञ्चमीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ समेत जन्ती बनेर मंसीर २६ गते जनकपुर आउने तयारीमा छन्। विवाहपञ्चमीमा २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ। 

विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउनका लागि प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यीकरण, रंगभूमि मैदान १२ विगाहको सरसफाइ, अस्थायी बास, अस्थायी शौचालयको व्यवस्था गरेको छ।

Ncell 2
Ncell 2

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवका अनुसार मुख्यमन्त्री योगीको सुरक्षा विशेष महत्वपूर्ण भएकाले पाँच हजार प्रहरी परिचालन गरिन लागिएको जनाए।

उनको भ्रमणको समयमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। उनले तीन हजार ५ सय नेपाल प्रहरी र झन्डै एक हजार ५ सय सशस्त्र प्रहरी परिचालन गरिने जनाए ।

यसरी मनाइन्छ विवाह पञ्चमी
त्रेता युगमा मंसिर शुक्ल पञ्चमीको दिन आर्दश जोडी राम सीताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दु संस्कृतिअनुसार भएको मानिन्छ। त्रेता युगमा अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको सम्झनामा प्रत्येक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सवको आयोजना गरिन्छ ।

सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधिअनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ। जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ।

जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ। सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन्। सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन्। राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन्। सीता नेपाल भूमिकी पुत्री पनि हुन्।

विवाह महोत्सव अपरान्हको समयमा गरिन्छ तर बिहानैदेखि रामजानकी मन्दिरसहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ। उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको घुईंचो लाग्ने गर्दछ।

राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाजा सहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ।

यही प्राचिन पौराणिक महाविवाहको सम्झनास्वरूप आज पनि जनकपुरमा भारतबाट जन्त लिएर आउने र राम–सीताको प्रतिममा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता बिदा गर्ने चलन छ।

यसरी भारतबाट आउने जन्तहरूमा विशेषतः साधु, सन्तहरू हुने गर्दछन्। पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकिक सुन्दरताले भरिपूर्ण देखिन्छ ।

मैथिलीदेखि शारदा सिन्हासम्म जनकपुर आउँदै
विवाह महोत्सवका लागि मूल आयोजक जानकी मन्दिरले नेपाल र भारतका ख्यातिप्राप्त कलाकारलाई सांस्कृतिक कार्यक्रमको लागि निम्त्याएको छ।

यसवर्ष भारतबाट आउने कलाकारमा मैथिली भोजपुरीका प्रसिद्ध गायिका शारदा सिन्हाको नाम प्रथमिकतामा राखिएको छ। त्यस्तै कम उमेरमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल मैथिली ठाकुरलाई समेत विवाह पञ्चमीमा गायनका लागि आमन्त्रण गरिएको तिलोत्सव मूल समारोहका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थराम रोशन दास वैष्णवले जानकारी दिए।

त्यस्तै मैथिला क्षेत्रमा ख्यातिप्राप्त शास्त्रीय गायक कुञ्जबिहारी मिश्र पनि आउने महन्थले जनाए। नेपालको तर्फबाट स्थानीय मिथिला नाट्यकला परिषद्का गायक र संगीतकार सुनिल मल्लिक र गायिका संगीता देव पनि आफ्नो कला प्रस्तुत गर्ने छन्।

मैथिली गायनको क्षेत्रमा नेपाल–भारत दुवै स्थानमा आफ्नो पहिचान बनाउन सफल रश्मी रानी, गायक र संगीतकार धीरेन्द्र प्रेमर्षिको पनि सहभगिता रहने छ। नृत्य क्षेत्रमा देश विदेशमा परिचित नायिका डोली सरकारलाई पनि विवाह पञ्चमीमा आमन्त्रित गरिएको छ।

सप्ताहव्यापी हुने कार्यक्रममा एकदिन नेपाल–भारत महिला मैत्री संघ, तीन दिन भारतीय दूतावासको आयोजनामा रामलिला हुने कार्यक्रम तय भइसकेको बताइएकाे छ।

आयोजक जानकी मन्दिरको आफ्नै आयोजनामा छुट्टै सात दिनसम्म भारतका चर्चित समूहद्वारा रामलीला हुने छ।

जानकी मन्दिरमा दुई दिन अगाडिदेखि नै सहनाई बादकहरुको एक समूहले बिहान र बेलुकी मंगलधुन बजाइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो
नेपाल सुन्दर भए पनि जोखिमपूर्ण छ: गृहमन्त्री अर्याल
सुनको मुल्य तोलाकै २ लाख ४० हजार नाध्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो सोमबार, असोज २७, २०८२
नेपाल सुन्दर भए पनि जोखिमपूर्ण छ: गृहमन्त्री अर्याल सोमबार, असोज २७, २०८२
सुनको मुल्य तोलाकै २ लाख ४० हजार नाध्यो सोमबार, असोज २७, २०८२
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी सोमबार, असोज २७, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्