जनकपुर– स्वतन्त्र मधेशको माग गर्दै आएका डा सिके राउतलाई रौतहट जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि कारागार चलान गरिएको छ।
‘स्वराजी’ भनेर चिनिएका राउत असोज २१ गते रौतहटको गौरबाट पक्राउ परेका थिए।
बिहीबार जिल्ला न्यायाधीश अम्विकाप्रसाद निरौलाको इजलासले राउतलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो। पक्राउ परेका राउतलाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश भएकाले कारागार चलान गरिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।
प्रहरीले राउतलाई जिल्ला अदालतबाट फर्किंदै गर्दा पक्राउ गरेको थियो। पुरानो मुद्दाको सिलसिलामा रौतहटस्थित जिल्ला अदालतमा हाजिर हुन आएका बेला उनी पक्राउ परेका थिए।
राज्यविरुद्धको सांगठनिक अपराध कसुरअन्र्तगत पक्राउ गरी अनुसन्धानपछि प्रहरीले उनलाई अदालतमा पेस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।