• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

५ लाख धरौटीमा छुटिन् \'लेडी डन\'

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २०, २०७५  १९:४६
1140x725

काठमाडौं- गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेत ५ लाख रुपैयाँ धरौटीमा रिहा भएकी छिन्।

जिल्ला अदालत काठमाडौंले थुनछेक बहस सकिएपछि शेरचनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

निर्माण व्यवसायी शरदकुमार गाैचन हत्याको आरोपमा पक्राउ परेका अम्मबहादुर राना, लोप्साङ लामालगायतले हत्यामा उनको पनि संलग्नता भएको बताएपछि मायालाई पक्राउ गरिएकाे थियाे।

‘लेडी डन’को रुपमा परिचित मायालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कात्तिक १८ गते काठमाडौंकाे सानो भर्‍याङबाट पक्राउ गरेको थियो।

साविती बयानको आधारमा पक्राउ परेकी माया अन्नत: ५ लाख धरौटीमा रिहा भएकी हुन्।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्या, दावा लामामाथि गोली प्रहार लगायतका ३ घटनामा हतियार उपलब्ध गराएको अाराेप उनीमाथि थियाे।

तीन वटा गोलीकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेकी मायालाई संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको थियो।

२०७३ चैत २९ गते दिव्या पार्टी प्यालेस एन्ड हस्पिटालिटी गौरीघाटमा जिम गर्न जाँदै गर्दा गेटमै अर्का गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएकाे थियाे। दावालाई गोली हान्नकै लागि मायाले काठमाडौंको सितापाइलामा सुटर अम्बर बहादुर रानालाई पेस्तोल दिएको दाबी प्रहरीको छ।

Ncell 2
Ncell 2

दावालाई गोली हानेपछि आफूले समीरको श्रीमतीलाई पेस्तोल फिर्ता गरेको अम्बरले बयानका क्रममा भनिसकेका छन्। व्यवसायी गौचनलाई गोली हान्न प्रयाेग भएकाे पेस्तोल पनि मायाले नै उपलब्ध गराएकी थिइन्। जुन प्रहरीले बरामद गरिसकेको छ। उक्त पेस्तोल दरबारको समेत भएको तथा लामालाई गाेली प्रहार गर्दासमेत प्रयाेग भएकाे प्रहरीको दाबी छ।

गत वर्षको असोज २३ गते तत्कालिन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि गाेली प्रहार गरी हत्या भएकाे थियाे।

त्यस्तै युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीलाई गोली हान्ने बेलामा पनि काठमाडौंदेखि पेस्तोल गएको र त्यही पेस्तोलले लोप्साङले तिवारीलाई गोली हानेर मारेको प्रहरीले जनाएको छ।

काठमाडौंको बाफलमा समीरमानको पुरानो घर छ। गौचन हत्या गरेर फरार रहेकाहरुलाई सोही घरमा समीरकी श्रीमतीले एक महिनासम्म 'सेल्टर' दिएर राखेको सूचना पक्राउ परेकाबाटै प्रहरीले संकलन गरेको थियाे।

यसअघि नै समीरको घरमा रोशन बुढाथोकी, अम्बरबहादुर राना, श्याम गुम्बे र अजय थापा एक महिनासम्म बसेको अनुसन्धानबाट खुलेको थियो। उनीहरुले आफूलाई चाहिने सामान घरमा ल्याउनका लागि समेत त्यसबेला एक जना युवा सहयोगी राखेका थिए। उनीहरुलाई संरक्षण गरेर राख्न समेत मायाकाे हात रहेको प्रहरीले जनाएको छ।

आफ्नै समूहका गुन्डा नाइके कुमार घैंटे प्रहरी कारबाहीमा मारिएपछि समीरमान भागेर भारत पुगेका थिए। पछि उनले भारतबाटै आपराधिक गिरोहको सञ्जाल विस्तार गर्न सुरु गरे। त्यसका लागि काठमाडौंमा रहेकी आफ्नी श्रीमती मायाले उनलाई भरपुर सहयोग गरेको प्रहरीको भनाइ छ।

काठमाडौंबाट हत्या तथा पैसा उठाउन गुन्डाहरु खटाउने कामको जिम्मा समीरकै श्रीमतीले गरेकी थिइन्। गौचन हत्या, दावा लामाथि गोली प्रहार, दुर्गा तिवारी हत्यामा भारतबाट समीरले काम गरेका थिए भने उनलाई सहयोग गर्दै काठमाडौंबाट सबै काम श्रीमती माया शेरचनले गरेको अनुसन्धानबाट खुलेको छ।

गुन्डा नाइके समीरमान गत मंसिरमा भारतबाट पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले मंसिर १७ गते सार्वजनिक गरेको थियो। त्यसयता उनी जेलमा छन्। समीर जेल गएपछि अपराध सञ्जालको सम्पूर्ण जालो मायाबाट सञ्चालन हुने गरेको प्रहरीको दाबी छ।

अपराध घटनाउन विभिन्न व्यक्तिलाई रकम दिनेदेखि समीरको योजनामा सम्पूर्ण काम श्रीमती मायाले गर्ने गरेको रिपोर्ट प्रहरी हेडक्वाटर पुगेपछि केही समय पहिला समीरलाई मुस्ताङ कारागार सारिएको थियो। अन्य व्यक्तिलाई भेट्ने बाहाना बनाएर दिनहुँ थुपैै मान्छेले समीरलाई भेट्ने गरेको र यसको सम्पूर्ण सेटिङ श्रीमतीबाट हुने गरेको प्रहरीको बुझाई छ।

याे पनि पढ्नुस्:

गुण्डा नाइके समीरमानकी श्रीमती पक्राउ

प्रहरी पासोमा किन र कसरी परिन् ‘लेडी डन’ माया?

गुण्डा नाइके समीरमानकी श्रीमतीलाई १० दिन थुनामा राख्न आदेश

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो
नेपाल सुन्दर भए पनि जोखिमपूर्ण छ: गृहमन्त्री अर्याल
सुनको मुल्य तोलाकै २ लाख ४० हजार नाध्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो सोमबार, असोज २७, २०८२
नेपाल सुन्दर भए पनि जोखिमपूर्ण छ: गृहमन्त्री अर्याल सोमबार, असोज २७, २०८२
सुनको मुल्य तोलाकै २ लाख ४० हजार नाध्यो सोमबार, असोज २७, २०८२
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी सोमबार, असोज २७, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्