काठमाडौं– ३८ सय किलाे सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मध्येका एक बालकृष्ण सन्जेललार्इ साधारण तारेखमा छाड्ने आदेश भएको छ।
बिहीबार उच्च अदालत विराटनगरले सन्जेललाई तारेखमा छाड्न आदेश दिएको हो।
न्यायाधीसद्वय थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको अदालतका रजिस्टार नारायण प्रसाद रेग्मीले जानकारी दिए।
सुन तस्करी प्रकरणमा मुछिएपछि उनी प्रहरी नायब निरीक्षक पदबाट निलम्बित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।