ad

त्रिविमा भएको धार्मिक प्रवचन कार्यक्रम विद्यार्थीले विथोले, विज्ञान संकाय प्रमुख पक्राउ

नेपाल लाइभ

Nepal Live

काठमाडौं– त्रिभुवन विश्वविद्यालय वातावरण तथा विज्ञान संकायमा भएको धार्मिक प्रवचन कार्यक्रम विद्यार्थीको विरोधमा विथोलिएको छ।

वातावरण तथा विज्ञान संकायले अडिटोरियम हलमा गरेको धर्म रुपान्तरण सम्बन्धी प्रवचन कार्यक्रम नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टी नजिकका विद्यार्थीहरुले विथोलेका हुन्। त्रिविको हातामा धार्मिक कार्यक्रम गर्न नपाइने भन्दै कार्यक्रम हस्तक्षेप गरेको त्रिवि नेविसंघ इकाइ सभापति हरी अाचार्यले बताए।

उक्त संकाय प्रमुख प्रा डा रोजिना मास्केले बोल्दै गर्दा विद्यार्थीहरुले व्यानर च्यातेका थिए। कोरियन क्रिश्चियन धर्मगुरुहरुले धार्मिक प्रवचन गर्ने कार्यक्रममा ३ सय बढी सहभागी भएको बताइएको छ।

त्रिविको हाताभित्र धर्म रुपान्तरण कार्यक्रम गरेको अभियोगमा संकाय प्रमुख मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउपछि उनलाई किर्तिपुर प्रहरी चौकी लगिएको छ।

प्राप्त प्रतिकृयाहरू

सुधा त्रिपाठी लेख्नुहुन्छ २o७५ मङ्सिर २० बिहीबार ६:२६ 

रेजिना सिधासादा प्राध्यापक हुन् । उनलाई कसैले झुक्याएछ । त्यो झुक्याउनेलाई कडा कारवाही हुनुपर्छ । रेजिनालाई सम्मानसाथ छाड्नुपर्छ । कार्यक्रमका लागि हल दिनेका बारेमा पनि सोच्नु पर्ला ।

यसमा तपाइको मत


पढ्नै पर्ने