कठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका लागि राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने अभियन्ताहरुलाई प्रहरीले धरपकड गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निवास शितल निवासअगाडि प्रदर्शन गरेको भन्दै १२ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरु शितल निवास अगाडिको सडकमा प्लेकार्डसहित प्रदर्शन गर्न भेला भएका थिए। अधिकांश प्रदर्शनकारीलाई प्रहरीले समातेर लगेको छ। प्रदर्शनकारीहरुले निधारमा ‘म निर्मला’ लेखेका थिए भने प्लेकार्ड पनि बोकेका थिए।
राष्ट्रपति निवास फर्कंदै गर्दा उनीहरुले उक्त क्षेत्रमा प्रदर्शन गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।