काठमाडौं– नितिन चन्दको निर्देशनमा रहेको फिल्म ‘गीत गजल’को छायाङ्कन सकिएको छ। फ्लोरमा निस्किएको ३५ दिनमा फिल्मको छायाङ्कन सकिएको निर्माण युनिटले जानकारी गराएको हो।
रुपा पोख्रेल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी र भीमा मैनालीको मुख्य अभिनय रहेको फिल्मलाई आरोही प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो।
फिल्ममा अर्जुन पोख्रेलको संगीत, बाबु श्रेष्ठको छायाङ्कन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।