• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ८, २०८२ Sat, Oct 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

के बैसाखमा खुल्ला तातोपानी नाका? [फोटो फिचर]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २०, २०७५  ०६:००
1140x725

तातोपानी (सिन्धुपाल्चोक)– चीनसँग जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि बन्द छ। जुन काठमाडौंबाट छोटो दुरीमा रहेको चीनसँग जोड्ने सीमा नाका हो।

२०७२ बैसाख १२ को भूकम्पपछि बन्द नाका कहिले खुल्ला?

यकिन जवाफ सरकारसँग पनि छैन। 

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रका सांसद अग्नि सापकोटाले आफ्नो पहिलो काम नै नाका खुलाउने बताएका थिए। निर्वाचनपछि पटक–पटक संसदमा उक्त कुरा उठाए पनि। तर, त्यसको कुनै समाधान निस्कन सकेको छैन। गाउँलेहरुले गरिरहने प्रश्नमा उनी 'छिट्टै खुल्ने' जवाफ दिएर टार्ने गरेका छन्।

नाका बन्द हुँदा बाह्रबिसे, लिपिङ, तातोपानी लगायतका बजार सुनसान छन्। दैनिक रुपमा करोडौंको व्यापार हुने उक्त क्षेत्रका अधिकांश होटल र लजहरु रिक्ता देखिन्छन्। केही होटल भने भग्नावशेषका रुपमा परिणत भइसकेझैं लाग्छ।

भूकम्पपछि भोटेकोसीको बाढीका कारण लिपिङ बजारदेखि मितेरी पुलसम्मको बाटो अवरुद्ध हुन पुग्यो भने माथिल्लो भोटेकोसी आयोजनासमेत जीर्ण बनेको छ।

नाका खुलाउन किन ढिला?
चिनियाँ पक्षले नाका खोल्न चासो नदेखाउनुमा धेरै कारण छन्। जस्तै: सुरक्षा, सडक र तस्करी लगायत।

Ncell 2
Ncell 2

न्यालोम (कुती) बाट सिधा सडक निर्माण गर्दै तत्काललाई सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालमा नयाँ सुक्खा बन्दरगाह बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनले प्रस्ताव पनि गरेको थियो। चीनले यो प्रस्ताव अघि सार्नुको कारण नाका खोल्न ढिलाइ गर्ने बहाना थियो। 

सभामुख कृष्णबहादुर महराले पछिल्लो पटक चीन भ्रमणका जाँदा नाकाबारे चासो पनि राखेका थिए। उनले त्यसबेला मितेरी पुलको उद्घाटनसमेत गरे। 

यसअघि प्रधानमन्त्री रहेको समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत चासो राखेर चिनियाँ पक्षसँग छलफल गरेका थिए। उनले नाका खोल्नका लागि प्रस्ताव गरे पनि चिनियाँ पक्षले थप अध्ययन आवश्यक भएको भन्दै टारेको थियो। 

सरकारका विशेष दूतका रूपमा २०७३ मा बेइजिङ पुगेका तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई ल्हासाका उपप्रमुखदेखि अन्य उच्च अधिकारीले नाका खोल्ने विषयमा नेपालको धारणा र योजनाबारे सोध्दा चीनका तर्फबाट नाका खुला गर्न उनले आग्रह गरेका थिए।

चीनले छेन्दुमा महावाणिज्य दूतावास स्थापनाका लागि आग्रह गरेको थियो। जवाफमा नेपालले तातोपानी नाका पूर्ववत् अवस्थामा नफर्काई अन्य काम अघि नबढाउने जवाफ दिएको थियो। 

नाका खुलाउन चीनको चासो
अहिले चिनियाँ पक्षले सीमाभन्दा ५ किलोमिटर वारि सुक्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुर्‍याएको छ भने बाटो स्तरोन्नति र पुल निर्माण पनि थालेको छ। सडक सर्भेको काम भने दुवै तर्फबाट सम्पन्न भएको र सडक सञ्चालनका लागि आवश्यक पुल चिनियाँ पक्षले बनाउने र बाँकी सडक नेपालले बनाउने सहमति भएको छ। सामान्य सुधारपछि ट्रयाक खुले पनि स्तरोन्नति र फराकिलो बनाउने काम भने चलिरहेको छ। 

कोदारी राजमार्गको स्तरोन्नति गर्ने विषयमा सरकारसँग सहमति भएकाले अब चिनियाँ नाका छिट्टै खुल्ने सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी बताउँछन्। 'भत्किएका पुल निर्माणमा समेत सहयोग गर्न चीन सरकारले चासो राखेको छ,' उनले भने, 'हाल केही कामसमेत सुरु भइसकेका छन्।'

चीनले न्यालोममा भन्सार कार्यालय पनि बनाइरहेको छ।

जुरे पहिरो, भोटेकोसीको बाढी, गोरखा भूकम्प र लार्चाको पुल बर्खाले बगाएका कारण चिनियाँ पक्षले त्यसको मर्मत कार्य सञ्चालन गरिरहेको छ।

२०७४ पुस ७ गते सिन्धुपाल्चोकका प्रजिअ र चीनका समकक्षीबीच तिब्बतमा छलफल भएको थियो। चिनियाँ पक्षले सो छलफलमा समेत सुरक्षा चासो राखेको थियो।

दलाई लामाको सक्रियता रहेको र त्यसलाई रोक्ने स्पष्ट खाका आउनुपर्ने चीनको अडान थियो । 'चीनको जायज सुरक्षा चासो र कामदारको सुरक्षामा हामीले प्रतिबद्धता जनाएपछि नाका खोल्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेका हुन्,' प्रजिअ अधिकारीले भने। काममा अवरोध नहुने, सडक समयमै सम्पन्न हुने र मितेरी पुलसमेत छिट्टै निर्माण गर्ने दोहोरो प्रतिबद्धता रहेको उनले बताए।  

तर, पछिल्लो पटक सरकारले सुरक्षा संवेदनशीतामा ध्यान दिने बताएपछि आगामी मे (बैसाख) सम्म बाटो खोल्ने तयारीमा चिनियाँ पक्ष रहेको उनको भनाइ छ।

चिनियाँ नाका खुल्ने भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुक्खा बन्दरगाहको केही महिनाअघि अवलोकन गरेका थिए। बन्दरगाह निर्माणपछि चिनियाँ सवारीसाधान उक्त क्षेत्रसम्मै प्रवेश पाउने सहमति नेपाली पक्षसँग गरिएको छ। 

उक्त सहमति गर्नुको कारण पनि सुरक्षा नै रहेको छ। नाका क्षेत्रमा पुन: फ्री तिब्बत गतिविधि सुरु हुन सक्ने भएकाले चिनियाँ पक्षले नेपालकै भूभागमा भन्सारको काम गर्न चाहेको देखिन्छ।

अहिले वस्तुस्थिति हेर्दा माथिल्लो भोटेकोसीको ड्यामदेखि लिपिङ बजारसम्म ४ किलोमिटर सडक निर्माण गर्नु ठूलो चुनौती देखिन्छ। खोला किनारदेखि सडक उठाउनुपर्ने भएकाले यसको जिम्मासमेत चिनियाँ पक्षले लिएको छ। चिनियाँ पक्षले सुक्खा बन्दरगाहलाई भने तीव्रता दिएको छ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी
पौडी खेल्न गएका ३ बालिकाको मृत्यु
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
पौडी खेल्न गएका ३ बालिकाको मृत्यु शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्