एजेन्सी– बलिउड नायिका एवं पूर्व मिस वर्ल्ड प्रियंका चोपडाले हालै अमेरिकी गायक निक जोनाससँग विवाह गरिन्। उनीहरु करिब एक वर्षको प्रेमसम्बन्धपछि विवाह बन्धनमा बाँधिएका थिए।
तर, बलिउड सुन्दरीले विदेशीसँग रोमान्स र विवाह, कुनै नौलो विषय भने होइन। प्रियंकाभन्दा पहिले नै धेरै बलिउड सेलिब्रेटीले विदेशी जीवनसाथी रोजिसकेका छन्।
माधुरी दीक्षित: बलिउडकी ‘धकधक गर्ल’ माधुरी दीक्षितको नाम अभिनेता सञ्जय दत्तसँग पटकपटक जोडियो। तर उनले विदेशमा बस्ने भारतीय मूलका डाक्टर श्रीराम माधवलाई जीवनसाथी बनाइन्। अहिले उनीहरुका दुई छोरा छन्।
प्रीति जिन्टा: बलिउड अभिनेत्री प्रीति जिन्टाले पनि आफ्नो जीवनसाथी विदेशीलाई नै बनाइन्। अमेरिकाका इन्भेस्टमेन्ट बैंकर जिन गुडइनफसँग केही समय रिलेसनसिपमा बसेपछि २०१६ मा प्रीतिले लस एन्जलसमा भारतीय रीति–रिवाज अनुसार विवाह गरिन्।
रीना राय: रीना र पाकिस्तानी क्रिकेटर मोहसिन खानबीच लामै समय रोमान्स चल्यो। पछि उनीहरु विवाह बन्धनमा बाँधिए। रीनासँग विवाह गरेपछि मोहसिन क्रिकेट छोडेर फिल्ममा आए। फतेह र बटवारा जस्ता केही फिल्ममा काम गरे पनि सफल नभएपछि उनी पाकिस्तान फर्किए। विवाहपछि रीना केही समय पाकिस्तानमै बसिन्। तर पछि उनीहरु छुट्टिए।
सेलिना जेटली: २०११ मा सेलिनाको विवाह विजनेसम्यान पिटर हगसँग भयो। पिटर दुवई र सिंगापुरमा होटल सञ्चालन गर्छन्। सेलिना र पिटरको पहिलो भेट दुवईमा भएको थियो। केही समयको रोमान्सपछि पिटर सेलिनाको परिवार भेट्न भारत आए र परिवारकै सहमतिमा उनीहरुको विवाह भयो। विवाहपछि सेलिनाले फिल्म क्षेत्र त्यागिदिइन्।
नीना गुप्ता: भारतीय अभिनेत्री नीना र वेस्ट इन्डिजका पूर्व क्रिकेटर विवियन रिचर्डसबीच करिब एक वर्ष अफेयर चल्यो। उनीहरुबाट एक छोरी पनि जन्मिइन्। उनीहरुले विवाह त गरेनन् तर आफ्नो सम्बन्धलाई कसैसित लुकाएनन्। रिचर्डस र नीनाकी छोरी मसाबा गुप्ता एक चर्चित फेसन डिजाइनर हुन्।
किम शर्मा: किमले केन्याका बिजनेसम्यान अली पंजानीलाई आफ्नो जीवनसाथी बनाइन्। केही वर्ष उनीहरुको सम्बन्ध ठिकठाक चल्यो। तर अहिले उनीहरु अलग भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।