कठमाडौं– न्यु क्यालेडोनियामा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गए त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ।
प्रशान्त क्षेत्रमा रहेको उक्त क्षेत्रमा एक हजार किलोमिटर क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको हो।
भूकम्प १० किलोमिटर गहिराइबाट आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रबिन्दुको हजार किलोमिटरभित्र विनाशकारी भूकम्प आउन सक्ने जनाएको छ।
न्यु क्यालेडोनिया प्रशान्त महासागरको रिङ अफ फायरमा पर्छ र त्यहाँ धेरै भूकम्प गइरहेका हुन्छन् ।
भूकम्पको केन्द्रविन्दु टडाइन नामक स्थानमा रहेको उल्लेख छ। त्यो फ्रान्सको अधीनस्थ भूभाग हो र त्यहाँको जनसंख्या २ लाख ७० हजार छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।