• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए

64x64
नेपाल लाइभ बिहीबार, असोज १५, २०८३  ०६:५०
1140x725

काठमाडौं। दुबईबाट इजरायलका लागि उडेको फ्लाईदुबईको विमानमा सहपाइलटले कप्तानमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेको आरोप लागेको छ। घटनापछि यात्रुहरूले ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि ठूलो हवाई दुर्घटना टरेको हो।

बुधबार भएको घटनामा विमानमा १७४ जना यात्रु तथा चालक दलका सदस्य थिए। विमानमा तीव्र रूपमा उचाइ घटेपछि यात्रुहरू आतंकित भएका थिए। अन्ततः विमानले साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गरिएको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका अनुसार आक्रमणमा संलग्न व्यक्ति ओमानका नागरिक हुन्। उनलाई साउदी अरबमा पक्राउ गरी सोधपुछ भइरहेको छ। घटनाको उद्देश्य भने तत्काल स्पष्ट भएको छैन।

विमानमा रहेका यात्रु यानिभ हायुनले आफू र अन्य यात्रुहरू ककपिटमा प्रवेश गरेको बताए। उनका अनुसार ढोका खुला रहेको र ककपिटभित्र घाइते कप्तानको छेउमा आक्रमणकारी थिए। यात्रुहरूले आक्रमणकारीसँग संघर्ष गर्दै उनलाई नियन्त्रणमा लिएका थिए।

हायुनले विमानको नियन्त्रण सम्हाल्न आफूले टेलिभिजनमा देखेको तरिकाअनुसार नियन्त्रण प्रणाली तानेको बताए। त्यसपछि चालक दलका अन्य सदस्यले विमानको नियन्त्रण सम्हालेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

घटनामा घाइते कप्तान स्मित मच्छार भारतीय नागरिक रहेको नेतान्याहूले बताएका छन्। भारतीय दूतावासका अनुसार उनको अवस्था स्थिर छ। गम्भीर रूपमा घाइते भए पनि उनले प्रतिरोध गर्दै ककपिटको ढोका खोल्न सहयोग गरेको र यात्रु तथा चालक दललाई आक्रमणकारी नियन्त्रणमा लिन अवसर दिएको नेतान्याहूले बताएका छन्।

इजरायली आपत्कालीन सेवाका अनुसार घटनामा तीन यात्रुलाई सामान्य चोट लागेको थियो। विमानमा इजरायल, भारत र संयुक्त अरब इमिरेट्सका नागरिकहरू रहेको बताइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार चार यात्रुसँग अमेरिकी नागरिकता थियो।

विमानको उडान विवरणअनुसार दुबईबाट उडेको करिब साढे दुई घण्टापछि विमान करिब ३३ हजार फिटबाट एक मिनेटभित्रै १७ हजार फिटसम्म झरेको थियो। तीव्र अवतरणका क्रममा विमानको पुच्छरमा रहेको रडरको ठूलो हिस्सा क्षतिग्रस्त भएको बताइएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उड्डयन सुरक्षा विज्ञहरूले यस्तो तीव्र अवतरणपछि पनि विमान सुरक्षित रूपमा अवतरण गर्न सफल भएको घटनालाई असाधारण बताएका छन्। विमानले अन्ततः तबुकमा सुरक्षित आपत्कालीन अवतरण गरेको थियो।

घटनापछि इजरायलले सम्भावित अपहरणको आशंकामा लडाकु विमानसमेत परिचालन गरेको थियो। विमान अवतरणका क्रममा साउदी अरब र जोर्डनबीच अनुमति लिन कठिनाइ भएको र अन्ततः तबुकमा अवतरण गरिएको बताइएको छ।

घटनापछि फ्लाईदुबईले अनुसन्धान पूरा नभएसम्म इजरायल जाने तथा इजरायलबाट आउने आफ्ना उडानहरू स्थगित गर्ने जनाएको छ।

साउदी अरब र इजरायलबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि पछिल्ला वर्षहरूमा इजरायली यात्रु बोकेका विमानका लागि साउदी अरबले आपत्कालीन अवतरणको अनुमति दिँदै आएको छ। सन् २०२३ मा पनि प्राविधिक समस्याका कारण इजरायली यात्रु बोकेको विमानले साउदी अरबमा आपत्कालीन अवतरण गरेको थियो।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु प्रधानमन्त्री मार्क कार्नीले घटनालाई शान्तिकालमा क्यानाडाली सशस्त्र सेनाले सामना गरेका गम्भीर दुर्घटनामध्ये एक बताएका छन् । सोमबार, कात्तिक २, २०८३
फ्रान्स आन्दोलन चर्काउन भारत, अमेरिका, बेलायती संजालको भूमिका : रिपोर्ट फ्रान्समा बढ्दो मंहगी र शिक्षा क्षेत्रमा देखिएको कमजोर अवस्थाका विरुद्ध विद्यार्थीहरुले सुरु गरेको आन्दोलन युरोपका अन्य देशहरुमा फैल... सोमबार, कात्तिक २, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते मृतक र घाइतेको पहिचान गर्ने प्रयास भइरहेको समाचारमा जनाइएको छ । पूजामा सहभागी हुन कोलकाता बाहिरका विभिन्न जिल्लाबाट उनीहरू पण्डालमा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्