इस्लामावाद– अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन्।
पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी अनुसार ट्रम्पले अफगानिस्तानको समस्या समाधानका लागि पत्रमा विशेष चासो व्यक्त गरेका छन्।
अफगानिस्तानमा १७ वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति वार्तामार्फत प्रभावकारी कदम चाल्न पनि अमेरिकाले आह्वान गरेको छ।
पत्रमा ट्रम्पले अफगानिस्तान समस्या समाधान गर्ने विषयलाई आफूले अत्यन्त महत्वपूर्ण रुपमा लिएको र प्राथमिकतामा पारेको पनि जानकारी दिएका छन्।
‘यो कामको लागि पाकिस्तानले महत्वपूर्ण भूमिका र सहयोग गर्न सक्दछ, त्यो अपेक्षा गरिएको छ,’ ट्रम्पले पठाएको पत्रमा लेखिएको छ।
ह्वाइट हाउसले अफगानिस्तानका तालिवान लडाकूहरुलाई पाकिस्तानको आन्तरिक सेवा गुप्तचर निकाय र अन्य सैन्य निकायहरुले सहयोग गर्दै आएको ठानेको छ।
भारतलाई दबावमा पार्नका लागि पाकिस्तानले अफगानी तालिबान लडाकूलाई सयोग गरेको अमेरिकाको बुझाई रहेको बताउने गरिन्छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।