काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको दाबी गरेका छन्।
_x000D_
_x000D_
सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाएका उपसभापति निधीले शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै सरकार संघीयता विरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको पनि स्पष्ट पारेका हुन्।
_x000D_
_x000D_
आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी पनि गरेका निधीले भने, 'संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा कांग्रेस अझै सशक्त ढंगले अघि बढने तयारीमा छ।'
_x000D_
_x000D_
उपसभापति निधिले पार्टी भित्र गुट/उपगुट नरहेकोे दाबी समेत गरे। पार्टीको विधान मस्यौदामाथि फरक मत रहेपनि त्यसलाई गुट/उपगुटको रुपमा बुझ्न नहुने पनि उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।