• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

यस्ता थिए महाकवि

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २, २०७४  ०५:५९
1140x725

समयः २००० साल
स्थानः त्रिचन्द्र कलेजको घन्टाघरस्थित नेपाल भाषानुवाद परिषद्को कार्यालय।

जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखन सहयोगीका रुपमा मासिक १५ रुपियाँ तलब थाप्थे, श्यामदास वैष्णव । एक दिन कार्यालयमै हल्लीखल्ली भएछ, परिषद्का अध्यक्ष पुष्कर शमशेर राणा र देवकोटाबीच केही कुरालाई लिएर मतभेद भयो र देवकोटा जागिर छाडेर गए।

यसले श्यामदासलाई ठूलो तनाव भयो । नहोस् पनि किन ! वास्तवमा उनी देवकोटाकै सिफारिसमा जागिर खान त्यहाँ पुगेका थिए । त्यसैले उनलाई यो हल्ला स्वादिलो लाग्ने कुरै भएन । उनी कुरा बुझ्न तुरुन्तै देवकोटाको डिल्लीबजारस्थित घरमा हानिए । आखिर भएको रहेछ के? 

७३ वर्षअगाडिको त्यो घटना श्यामदासको दिमागमा अहिले पनि आलै छ । खासमा उनीहरुबीच शाकुन्तल महाकाव्यको छन्दलाई लिएर मतभेद भएको रहेछ। 
त्यतिबेला शाकुन्तलको उठान थियोः

तिमी त नास्तिक बनिसकेछौ
खुलस्त आत्मा नबन्न सक्छौ।

पुष्करको भनाइ थियो, पण्डितहरुसँग कुरा भएर लेख्न बसेको हुनाले वार्णिक छन्दमै त्यो लेखिनुपर्थ्यो । तर, देवकोटाले वार्णिक र मात्रिक छन्दलाई मिलाएर तीन महिनाभित्रै शाकुन्तजस्तो उत्कृष्ट महाकाब्यको रचना गरिसककेका रहेछन्। 

पुष्करको अडानप्रति देवकोटाले तत्कालै कुनै प्रतिक्रिया जनाएनन् । तर, उनले त्यो महाकाव्य पुष्करका भाइ बालकृष्ण समलाई पनि देखाए। 

देवकोटाको पहिल्यैदेखिको बानी थियो, आफूले लेखेको साहित्य सबैलाई देखाउने । तर, यति बेला समलाई त्यो महाकाव्य देखाउनु उनका लागि तीतो अनुभव बन्यो । समले दाजुकै अगाडि देवकोटाको तारिफ गर्दै भनेछन्, ‘बडो राम्रो छ।’

nimb
nimb
Ncell 2
Ncell 2

पुष्करलाई लागेछ, आफू केही नबोल्ने। भाइलाई भनेर आफ्नो तेजोबध गराउने। उनले देवकोटालाई त्यहीँ हपारेछन्, ‘बाजे! मैले हुन्न भन्दाभन्दै भाइका अगाडि मेरो मानमर्दन गर्न खोज्ने?’

देवकोटा यस्ता कुरामा हतपती प्रतिक्रिया जनाउँदैनथे । तर, उनलाई पुष्करले उच्चारण गरेको ‘बाजे’ शब्द प्रिय लागेनछ । जुरुक्क उठेर प्रतिक्रिया दिएछन्, ‘म टपरे बाहुन होइन ।’ यति भनेर ठमठम हिँड्न लागेका देवकोटालाई बीचमा रोक्दै पुष्करले सोधेछन्, ‘त्यसो भए तिम्रो मान्छे के गर्छन्?’

९३ वर्ष टेकेका श्यामदास त्यो घटना सम्झन्छन्, ‘पुष्कर शमशेरको इसारा मतर्फ थियो । देवकोटालाई त्यो बुझ्न गाह्रो भएन ।’ भनिदिएछन्, ‘यहीँ बस्छन्।’

विदेशी पाठ्यक्रम नेपाली भाषामा अनुवाद गर्न खुलेको भाषानुवाद परिषद्को जागिर छाडेर देवकोटा हिँडेपछि विवादले चर्को रुप लियो । कुरा पुग्यो, शिक्षा विभागका डाइरेक्टर शारदा शमशेरको अफिससम्म । त्यति बेला भाषानुवाद परिषद् शिक्षा विभागकै मातहत थियो । त्यसैले शारदाले विवाद सुल्झाउन दुवै पक्षलाई तुरुन्त डाके । र, यही टुंगो लाग्यो, लेखकले लेखेपछि लेख्यो, लेख्यो । विवाद निकालेर हुँदैन । त्यो लेखकको अधिकारभित्र पर्छ। 

१० दिनमै महाकाव्य

शिक्षा विभागको डाइरेक्टरले बोलिसकेपछि अरुले के भन्ने ? त्यसपछि अंग्रेजी भाषाका प्रकाण्ड विद्धान पुष्करले मिलापत्र गर्ने हिसाबले भने, ‘मैले होच्याउने हिसाबले बाजे भनेको होइन। ब्लड प्रेसरको बिरामी छु । त्यसैको कारण निस्कियो होला।’ 

मिलापत्रपछि देवकोटा पुनः जागिरमा फर्किए । तर, देवकोटाको मनमा बाजे शब्द यति गहिरोसँग गाढिएछ कि लगत्तै उनले पुष्कर शमशेरसँग अर्को महाकाव्य लेख्न अनुमति मागे। 

‘त्यति बेला पुष्करले एक महिनामा लेख्न सक्छौ भनेर देवकोटाको महत्वाकांक्षा जगाइदिनुभयो,’ श्यामदास भन्छन् । तर, देवकोटाले १० दिनभित्रै सुलोचना महाकाव्य लेखिदिए । र, त्यसका दुई पात्रमध्ये एउटा पुष्करलाई नै बनाए।

देवकोटाले अर्को प्रश्न छोपिहाले, ‘तिमीलाई थाहा छ, पृथ्वी एन्टी क्लक घुम्यो भने के हुन्छ?’
‘मैले आजसम्म त्यसको उत्तर भेटेको छुइनँ,’ ८२ वर्षीय नृपेन्द्र भन्छन्, ‘उहाँ टायर बनाएको हेर्दाहेर्दै कति गहिराइमा डुबिसक्नुभएको रहेछ।’

‘पुष्करलाई नै सुलोचनाको एउटा पात्र बनाएर उहाँले बाजे भनेर होच्याइएको त्यो घटनाको उत्तर दिनुभयो,’ श्यामदास भन्छन्। 

महाकवि देवकोटामा लेखनको विलक्षण प्रतिभा त छँदै थियो, उनको व्यक्तित्व पनि असामान्य थियो । वरिष्ठ साहित्यकार मदनमणि दीक्षित यस्तै एउटा घटनाका भुक्तभोगी हुन् । मदनमणिकी दिदी विमलको विवाह मित्रनाथसँग भएको थियो । उनी २००२ सालमा भारतको बनारसबाट एमए गरेर नेपालमा रहेका आफ्ना ठूलाबडासँग आशीर्वाद थाप्न आउँदा डिल्लीबजारस्थित देवकोटाकै घरमा बसेका थिए। 

त्यति बेला भिनाजु मित्रनाथले दाजु लक्ष्मीप्रसादलाई परिचय गराउँदै भनेछन्, ‘दाजु, यिनी मेरा साला मदनमणि हुन् । भर्खरै एमए पास गरेर आएका ।’ त्यति बेला देवकोटा पासा खेल्न मग्न थिए। 

मुखमा तम्बाखुको पाइप चपाइरहेका । आफ्नै सुरमा मस्त । झस्किए झैं एक्कासि सोधेछन्, ‘ए मदन ! एमए पास गरेको ?’ त्यसपछि धूवाँको मुस्लो धुरीमाथि फुक्दै एउटा प्रश्न सोधेछन्, ‘तिमी भेडा बन्न सक्छौ?’

मदनलाई देवकोटाको त्यो प्रश्न उटपट्याङ लागेछ । ‘मलाई सुरुमा होच्याए जस्तो भान भयो । भिनाजु जस्तो मान्छे, के बोल्नु ?’ मदनमणि सम्झन्छन्, ‘त्यही पनि उत्तर दिएँ, भेडाको मासु त खाएको छैन।’

काठमाडौंको १० दिने बसाइ सकेपछि मदनमणि बनारस फर्किए । बनारसको ठूला गल्लीमा त्यति बेला स्थानीय कुस्तीबाजहरु आफ्नो बल प्रदर्शन गर्न हातमा पिर्का बोक्थे र भेडाको सिङलाई घचेटेर पछाडिसम्म पुर्‍याउँथे। 

देवकोटा एक महिना कोलकाता बसे । यहीँ देवकोटाका विद्यार्थी देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीको बरखीमा उनलाई अंग्रेजीमा केही सानेट लेख्न आग्रह गरेका थिए । जुन पछि मुम्बईको 'ब्लिट्ज 'साप्ताहिकमा छापियो।

त्यो भेडा दौडिएर फेरि कुस्तीबाजको पिर्कामा ठोकिन नआउँदासम्म यो क्रिया अनवरत चलिरहन्थ्यो । बनारसमा मदनमणि यस्तै एक साँझ टहलिरहेका बेला एउटा भेडा दौडिँदै आएर कुस्तीबाजले बोकेको पिर्कामा बजारियो । पिर्कामा ठोकिँदा भेडाको सिङबाट आगोको झिल्को निस्किएको देखेपछि झल्यास्स भएछन्, महाकविले भन्न खोजेको कुरा। 

‘यो पो रहेछ, पढेर के गर्छौ ? क्रान्तिकारी बन्न सक्छौ ? भनेका रहेछन् । कति गहिरो कुरा गर्नुभएको रहेछ । हाम्रो बुद्धिले सोच्न भ्याउनु ?’ ९५ वर्षीय मदनमणि भन्छन्। 

विलक्षण प्रतिभा

डिल्लीबजारका नृपेन्द्रसिंह अहिले पनि एउटा घटना सम्झेर चमत्कृत हुन्छन् । केसीका पिताजी सुब्बा वीरेन्द्रसिंह र देवकोटाका ठूला दाजु लेखनाथ मिल्ने साथी थिए । फेरि घर नजिकै । त्यसैले उनको पनि देवकोटाको घरमा आवतजावत भइरहन्थ्यो । तर, विद्वताका कारण देवकोटासँग बोल्ने आँटचाहिँ आउँदैनथ्यो । तर, एकदिन डिल्लीबजारस्थित पीपलबोटमा साइकलको पन्चर टाल्न जाने क्रममा जम्काभेट भयो, देवकोटासँग । उनी पनि त्यहाँ पन्चर टाल्न देवकोटाभन्दा अगाडि पुगेका रहेछन्। 

तर, देवकोटा आएपछि उनले आफ्नो पालो छोडिदिए । देवकोटाले आफ्नो साइकलको पन्चर टालेको एकटकले हेर्दाहेर्दै दुईवटा चुरोट तानिसिध्याए । उनले नृपेन्द्रलाई प्रश्न गरेछन्, ‘काजीले साइन्स पढेको होइन ?’ त्यति बेला नृपेन्द्र आइएससी पढ्थे । केही हच्किँदै मुन्टो हल्लाएछन्। 

त्यत्तिकैमा देवकोटाले अर्को प्रश्न छोपिहाले, ‘तिमीलाई थाहा छ, पृथ्वी एन्टी क्लक घुम्यो भने के हुन्छ?’

‘मैले आजसम्म त्यसको उत्तर भेटेको छुइनँ,’ ८२ वर्षीय नृपेन्द्र भन्छन्, ‘उहाँ टायर बनाएको हेर्दाहेर्दै कति गहिराइमा डुबिसक्नुभएको रहेछ।’

राणा शासनलाई चुनौती दिने उद्देश्यस्वरुप २००३ सालमा नेपाली कांग्रेस देवकोटालाई भारतको बनारस पुर्याउन सफल भयो । यसपछि काठमाडौंमा खैलाबैला मच्चियो । किनभने, काठमाडौंमा राणाजीका प्रायः सबै छोराछोरी अध्ययनका लागि देवकोटाको घर धाउँथे। त्यति बेला काठमाडौंमा एउटा भनाइ निकै प्रचलित थियो, जसले देवकोटासँग पढ्छ, त्यो फेल हुन सक्दैन। 

बनारसमा देवकोटाले नेपाली कांग्रेसको मुखपत्र युगवाणीको सम्पादन गरे। त्यो पत्रिका कृष्णप्रसाद भट्टराईका भाइ गोपालप्रसादले निकाल्थे । त्यति बेला जीविकोपार्जनका लागि देवकोटा बनारसबाट प्रकाशित हुने अर्को साहित्यिक पत्रिका उदयको प्रुफ पनि हेरिदिन्थे। 

‘यसबापत पिताजी (काशीप्रसाद श्रेष्ठ) ले उहाँलाई २५ पैसा दिनुहुन्थ्यो,’ अहिले पनि बनारसबाट निस्किरहेको उदय पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ भन्छन् । ७८ वर्षीय श्रेष्ठ देवकोटालाई ‘भर्सटाइल’ र मुडी भन्न रुचाउँछन् । भन्छन्, ‘मन लागे बोल्ने, नभए नबोल्ने । कविता फुर्यो’ कि सुनाइहाल्नुपर्ने।’

देवकोटा बनारसमै हुँदा कोलकाता पढ्न बसेका नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशीलगायत नेपाली विद्यार्थीले २००५ सालमा सम्मानका लागि बोलाएका थिए।

कोलकाताको कलेज स्ट्रिटीस्थित महाबोधि सोसाइटीको हलमा महाकविलाई अभिनन्दन गर्दा हिन्दी र बंगालीका साहित्यकारको पनि उपस्थिति थियो । यसै वर्ष स्वर्गीय भएका जोशीले आफ्नो किताब अँध्यारोबाट उज्यालोतिरमा लेखेका छन्, ‘उहाँले अंग्रेजी कविता तामाङ सेलो लयमा सुनाएर सबैलाई चकित पार्नुभयो।’ 

देवकोटा एक महिना कोलकाता बसे । यहीँ देवकोटाका विद्यार्थी देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीको बरखीमा उनलाई अंग्रेजीमा केही सानेट लेख्न आग्रह गरेका थिए । जुन पछि मुम्बईको ब्लिट्ज साप्ताहिकमा छापियो। 

कोलकातामै बस्दा देवकोटाले ‘आँसु’ कविता पनि लेखे । त्यो कविता पनि उपाध्यायकै अनुरोधमा देवकोटाले मुखैले भनेका थिए । कागजमा उतार्ने काम भने जोशीले गरे । पछि पारसमणि प्रधानको सम्पादकत्वमा दार्जीलिङबाट प्रकाशित हुने भारतीमा छापियो। 

‘उहाँलाई विषय मात्र चाहिन्थ्यो । त्यसपछि धाराप्रवाह आउने । रोकिनै गाह्रो’, जोशीले आफ्नो किताबमा लेखेका छन्।

यो पनि पढ्नुहोस्-

महाकविमाथि चार युवाकविको टिप्पणीः कमजोरीबाट उम्किन सकेनन् देवकोटा
जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन्
ती हाम्रा दिन गै गए!
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
महाकवि बाँचिरहेका भए!
देवकोटा : नेपाली साहित्यका मिथक
नेपाली साहित्यकाशका तारा

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिना दिनदेखि अवरुद्ध मेची राजमार्ग : माईखोला–राजदुवाली खण्डमा पहिरोको मार
पूर्णबहादुरले पार्टी एकताका सन्दर्भमा गगनलाई भने– निर्णायक तपाईं हो, तपाईं !
कांग्रेस केन्द्रीय समिति बैठकमा १५औँ महाधिवेशनदेखि प्रदेश सरकारसम्मका विषयमा छलफल
सम्बन्धित सामग्री
३२औँ विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक र्‍याली (तस्विरहरू) विभिन्न आदिवासी जनजातिका समुदायको सहभागितामा निकालिएको र्‍याली भृकुटीमण्डपदेखि खुलामञ्चसम्म पुगेको थियो। र्‍यालीमा सहभागीहरूले आ-आफ्... आइतबार, साउन २४, २०८३
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । शनिबार, असार ६, २०८३
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
ताजा समाचारसबै
महिना दिनदेखि अवरुद्ध मेची राजमार्ग : माईखोला–राजदुवाली खण्डमा पहिरोको मार आइतबार, साउन २४, २०८३
पूर्णबहादुरले पार्टी एकताका सन्दर्भमा गगनलाई भने– निर्णायक तपाईं हो, तपाईं ! आइतबार, साउन २४, २०८३
कांग्रेस केन्द्रीय समिति बैठकमा १५औँ महाधिवेशनदेखि प्रदेश सरकारसम्मका विषयमा छलफल आइतबार, साउन २४, २०८३
जब पूर्वगृहमन्त्रीलाई अदालतबाट फर्काइयो... आइतबार, साउन २४, २०८३
नौ महिनापछि भेटियो हिमपहिरोमा हराएका पाँच जनाको शव आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत शनिबार, साउन २३, २०८३
जब पूर्वगृहमन्त्रीलाई अदालतबाट फर्काइयो... आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्