काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित त्रिलोकपुरी इलाकामा सन् १९८४ मा भएको दंगा भड्काउने कार्य गरेको अभियोगमा ८८ जनालाई दिल्ली हाइकोर्टले दोषी ठहर गरेको छ। मुद्दा दायर भएको २२ वर्षपछि बुधबार फैसला सुनाउँदै ९५ जनाको हत्यामा उनीहरूको संलग्नता रहेको ठहर हाइकोर्टले गरेको हो।
_x000D_
_x000D_
यसअघि जिल्ला अदालतले उनीहरुलाई दोषी ठहर गर्दै पाँच-पाँच वर्ष कैद हुने सजाय सुनाएको थियो।
_x000D_
_x000D_
शिख विरोधी दंगाका क्रममा उनीहरूले आम सर्वसाधारणका घरभित्र छिरेर खुलेआम हत्या गरेको भन्दै ८० भन्दा बढी व्यक्तिले उजुरी गरेका थिए। शिख विरोधी आन्दोलनका क्रममा दिल्लीको उक्त क्षेत्रमा ९५ जनाको हत्या हुनुका साथै कयौं घर जलाइएको थियो।
_x000D_
_x000D_
सन् १९८४ मा भएको उक्त जातीय दंगा हालसम्मकै भयानक हिंसामध्ये एक घटनाका रुपमा लिने गरिन्छ। ३१ अक्टोबरमा दुई शिख सुरक्षाकर्मीले गोली हानी इन्दिरा गान्धीको हत्या गरेपछि देशभर शिख विरोधी दंगा फैलियो। हजारौं शिखको निर्ममतापूर्वक हत्या भयो। हत्याको बदलामा गान्धीका सर्मथकले निर्दोष शिखलाई निशाना बनाए। उनीहरुले शिखका पसल र घरमा छानीछानी तोडफोड गरेका थिए।
_x000D_
_x000D_
एक प्रतिवेदनअनुसार दिल्ली, कानपुरलगायत देशका अन्य सहरमा गरी दिनदहाडै १५ हजार शिखको हत्या भएको थियो। दिल्लीमा मात्र ७ जनाको हत्या भएको थियो।
_x000D_
_x000D_
गान्धीको हत्यापछि सडकमा ‘खुनको बदला खुन’ भन्दै नारा लगाइएको थियो। लाजपत नगर, जंगपुरा, डिफेंस कोलोनी, फ्रेन्स कोलोनी, महारानी बाग, पटेल नगर, सफदरजंग र पञ्जावबागलगायतका क्षेत्रमा व्यापक लुटपाट भयो। यी क्षेत्रका घर, पसल र गुरुद्धारमा लुटपाट गर्दै आगजनी भएको थियो।
_x000D_
_x000D_
पाकिस्तानी मूलका शिख बस्तीमा बलात्कार भएको थियो। बलत्कारजस्तो जघन्य अपराधमा समेत अपराधीलाई कारबाही भएन, उन्मुक्ति पाए।
_x000D_
_x000D_
घर जलाइनुका साथै पुरुषहरुलाई बाँधेर महिलाको बलत्कार गरिएको थियो भने तरबारले हानेर सयाैं मानिसको हत्या गरिएको थियो। यसपछि भारतीय शिख समुदायले १ नोभेम्बरालाई कालो दिनका रुपमा मान्दै आएका छन्।
_x000D_
_x000D_
दंगाको घटना छानबिनका लागि १० वटा आयोग गठन भए। तर मुख्य व्यक्तिमाथि कारबाही भएको थिएन।
_x000D_
_x000D_
दंगामा कांग्रेस नेताको भुमिकाका बारेमा निकै आलोचना भयो। काँग्रेस वरिष्ठ नेताहरु सञ्जन कुमार र जगदिश टाईलरमाथि गम्भीर आरोप लाग्यो। उनी पक्राउ समेत परे। २०१३ मा तल्लो अदालतले सज्जन कुरमालाई बिना धरौटी साधारण तारेकमा रिहा गर्यो।
_x000D_
_x000D_
पूर्व पार्षद् बलवान खोखर, अवकाशप्राप्त सैनिक अधिकारी क्याप्टेन भागमल, गिरधारी लाल और र अन्य दुई जनालाई दोषी ठहर गर्यो। त्यसैगरी, पूर्व विधायक महेन्द्र यादव र किशन खोखरलाई ३-३ वर्षको कैद सजाय हुने फैसला तल्लो अदालतले सुनायो। जगदीश टाईलरलाई भने सफाई दियो।
_x000D_
_x000D_
अधिकांश मुद्दाहरु प्रमाण अभावको कारण देखाउँदै बन्द गरिएका छन्। तर शिखहरुले त्यसको छानबिन हुनुपर्ने माग गर्दै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।