नयाँ दिल्ली (एजेन्सी)– वाट्स एपले नयाँ फिचर सार्वजनिक गर्ने भएको छ। यो फिचरको सहयोगबाट प्रयोगकर्ताहरुले लाइभ लोकेसन सेयर गर्न सक्नेछन्।
आउँदो केही सातामै नयाँ फिचर एन्ड्रोइड र आइओएसमा प्राप्त हुनेछ। यसको माध्यमबाट प्रेमी–प्रेमिकाले लाइभ लोकेसनको जानकारी सहजै प्राप्त गर्नेछन्।
यसअघि, पनि वाट्स एपमा वर्तमान लोकेसन पठाउन सकिन्थ्यो। तर, लाइभ अपडेट थिएन। नयाँ फिचरको सहयोगले जसले पनि लाइभ लोकेसन पठाउन सक्नेछन्, जसको अर्थ सबैले साथीभाईलाई आफ्नो लोकेसन सहजै बताउन सक्छन्।
सेयर गरेपछि जतिबेला पनि यसले लोकेसन बताउने छैन। यसले केही समय मात्र काम गर्नेछ। तर, फेरि कसैले लाइभ लोकेसन बताउन चाहेमा, फेरि सेयर गर्नुपर्ने हुन्छ। वाट्स एपका अनुसार कसैले पनि च्याट वा ग्रुपमा आफ्नो लाइभ लोकेसन पठाउन सक्छन्।
यसरी हुनेछ काम
– यसका लागि तपाईंले वाट्स एपको च्याटमा गएर एटेच आइकनमा क्लिक गर्नुपर्ने छ।
– लोकेसन सेयर गर्दा समय सीमाबारे जानकारी दिनुपर्नेछ।
– समय सीमामा १५ मिनेट, १ घन्टा र ८ घन्टाको तीन विकल्प दिइएको हुन्छ।
– यो फिचर वाट्स एपको नयाँ अपडेटका साथ दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।