काठमाडौं- प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमान सार्वजनिक खरिद ऐन बमोजिम भए–नभएको राय पेस गर्न निर्देशन दिएको छ।
_x000D_
_x000D_
सार्वजनिक खरिद कार्यालयलाई निर्देशन दिँदै साता दिनभित्र राय पेस गर्न समितिले भनेको हाे।
_x000D_
_x000D_
समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले सातदिनमा राय दिनुपर्ने सभापति भरतकुमार साहले जानकारी दिए। समितिको बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले सार्वजनिक खरिद सम्बन्धी काममा सकेसम्म बढी प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।