काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषदको बैठक सिंहदरबारमा जारी छ। समसामायिक राजनीतिक घटनाक्रम र त्यसले पार्न सक्ने सुरक्षा चुनौतिबारे छलफल गर्न बैठक डाकिएको स्रोतले बतायो।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा रक्षा, गृह, अर्थ र परराष्ट्रमन्त्री सदस्य रहनेछन्। त्यसैगरी मुख्यसचिव र प्रधानसेनापति पनि सदस्य रहने परिषदको सदस्यसचिवका रुपमा रक्षासचिव रहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।