काठमाडौं– चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १९ गतेबाट साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ।
_x000D_
_x000D_
कम्पनीले ६ लाख कित्ता प्राथमिक सेयर जारी गर्न लागेको हो।
_x000D_
_x000D_
जसमध्ये ९ हजार ३ सय कित्ता कर्मचारीहरूको लागि, ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ५ लाख ६० हजार ७ सय कित्ता सर्वसाधारणलाई जारी गर्ने छ।
_x000D_
_x000D_
संस्थाले जारी गर्न लागेको आइपिओमा न्यूनतम ५० देखि ३ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
_x000D_
_x000D_
संस्थाले जारी गरेको आइपिओमा छिटोमा मंसिर २३ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ।
_x000D_
_x000D_
आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।