काठमाडौं– निरन्तर रुपमा ओरोलो लागेको नेप्से परिसूचकमा साताको दोस्रो कारोबारको दिन पनि गिरावट आएको छ। सोमबार नेप्से परिसूचक ६ दशमलब ३५ अंकले घटेर १ जार १ सय ६० दशमलब २८ को बिन्दूमा आइपुगेको छ।
_x000D_
_x000D_
सोमबार १ सय ५५ कम्पनीको ३० करोड ८४ लाख ९५ हजार ८४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आइतबार १ सय ५४ कम्पनीको २५ करोड ६ लाख ४२ हजार ४ सय ७५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।
_x000D_
_x000D_
मंगलबार कारोबारमा आएका १० समूहबाहेक दुई समूहमा मात्रै हरियाली छाएको छ। यस दिन हरियाली छाउनेमा अन्य र फाइनान्स समूह रहेका छन्। अन्य समूह २ दशमलब २७ अंकले तथा फाइनान्स समूह शून्य दशमलब ८१ अंकले बढेको छ।
_x000D_
_x000D_
यता, निर्जीवन बिमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। समूहको सेयर मूल्य ८९ दशमलब ३ अंकले घटेको छ। त्यस्तै जीवन बिमा समूह ६७ दशमलब ०५ अंकले घटेको छ।
_x000D_
_x000D_
कारोबारमा एनएमबी बैंक अगाडि छ। बैंकको २ करोड २७ लाख ६५ हजार ३ सय ७० कित्ता सेयर किनबेच भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको १ करोड ४१ लाख ८२ हजार ७ सय २२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
_x000D_
_x000D_
सेयर बजारमा उल्लेख्य सुधार गर्ने घोषणासहित कात्तिक २० गतेबाट सुरु गरिएको अनलाइन प्रणालीमा सुधार नआएपछि लगानीकर्ताहरूले आफ्नो सम्पत्तिको सुरक्षाको माग गर्दै सोमबार बिहान भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका थिए।
_x000D_
_x000D_
कार्तिक २० गतेदेखि नेप्सेले अनलाइन कारोबार सञ्चालनमा ल्याएसँगै बजार निरन्तर रुपमा ओरालो लागेको छ। बजार निरन्तर रुपमा ओरोलो लागेसँगै दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता निरास भएका छन्। पछिल्लो केही समयदेखि विभिन्न किसिमले असन्तुष्टि जनाउँदै आएका लगानीकर्ताले आइतबार नेप्से घेराउ गरेका छन्।
_x000D_
_x000D_
आफ्नो सम्पत्तिको सुरक्षा नहुने अवस्था आएपछि अनलाइन प्रणली सुधारको माग गर्दै सम्बन्धित कार्यालय घेराउ गर्न बाध्य हुनुपरेको सेयर लगानीकर्ता संघ, नेपालका अध्यक्ष उत्तम अर्यालले बताए।
_x000D_
_x000D_
सेयर लगानीकर्ताले नेप्सेले कमिसन खाएर 'भेन्टर' कम्पनी भित्र्याएकाले त्यसमा सुधार नआएको आरोपसमेत लगाएका छन्। सेयर बजारका लगानीकर्ताहरु आबद्ध नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघले अनलाइन प्रणाली सुधारको माग गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका हुन्।
_x000D_
_x000D_
यता, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सफ्टवेयरमा समस्या देखिएको सो प्रणालीको सञ्चालन सुस्त भएपनि अव समस्या नआउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।