जुम्ला – जिल्ला बार इकाई जुम्लाका अध्यक्ष मोहनसिंह कठायतको गएराति मृत्यु भएको छ।
हृदयघातका कारण उनको मृत्यु भएको परिवारले जनाएको छ।
राती १२ बजे एक्कासि ढलेका ४४ वर्षीय कठायतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
लामो समयदेखि अधिवक्ता पेशा संलग्न रहनुभएका कठायत उच्च रक्तचापका बिरामी थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।