काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले नेपालका दुई वटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ।
_x000D_
_x000D_
अर्थ सचिव डा राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालको ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रशारण लाइन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो।
_x000D_
_x000D_
१ सय ३० मिलियन अमेरिकी डलर ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र २० मिलियन अमेरिकी डलर विद्युतीय प्रशारण लाइन परियोजनाका लागि खर्च हुने गरी एडिबीले ऋण सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थ सचिव खनालले जानकारी दिए।
_x000D_
_x000D_
त्यस अवसरमा अर्थ सचिव खनालले नेपालको गरिवी निवारणमा एडिबीले पु¥याएको योगदानको खुलेर प्रशंषा गरेका थिए। एडिबीले नेपालको आर्थिक तथा सामाजिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।