काठमाडौं– सामुदायिक लघुवित्तको साधारण सेयर (आइपिओ) बाँडफाँड भएको छ।
_x000D_
_x000D_
लघुवित्तको आइपिओमा गोलाप्रथाबाट २७ हजार ३ सय आवेदकले १० कित्ताको दरले सेयर पाएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।
_x000D_
_x000D_
लघुवित्तको आइपिओमा कुल २ लाख ५५ हजार ३ सय १६ जनाले आवेदन दिएका थिए। जसमध्ये ६ सय ४९ जनाको आवेदन रद्द भएको छ।
_x000D_
_x000D_
आइपिओमा कुल १ करोड ६५ लाख ७७ हजार १ सय १० कित्ताका लागि आवेदन परेको थियो।
_x000D_
_x000D_
कम्पनीले मंसिर २ देखि ५ गतेसम्म ३ लाख कित्ता आइपिओ बिक्री खुला गरेको थियो। जसमध्ये १२ हजार कित्ता सेयर कर्मचारी र १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको थियो।
_x000D_
_x000D_
यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।