काठमाडौं– चालु आर्थिक वर्ष २०७५/०७६ को तीन महिनामा सरकारको कुल राजस्व संकलन ४३ दशमलव ४ प्रतिशतले बढेको छ।
_x000D_
_x000D_
तीन महिनाको अवधिमा २ सय अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
_x000D_
_x000D_
अघिल्लो आवको तीन महिनामा सरकारी राजस्व संकलन १० दशमलव ७ प्रतिशतले वृद्धि भई १ सय ३९ अर्ब ६५ करोेड रुपैयाँ पुगेको थियो।
_x000D_
_x000D_
२०७५ असोज मसान्त सम्ममा सरकारी ढुकुटीमा १ सय ८१ अर्ब ८८ करोड नगद मौज्जात कायम रहेको छ।
_x000D_
_x000D_
आव २०७५/०७६ को तीन महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट ३२ अर्ब ८३ करोडले बचतामा रहेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो बचत ११ अर्ब ६३ करोड रहेको थियो।
_x000D_
_x000D_
समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च १ सय ४९ अर्ब ५७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १ सय ३८ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो।
_x000D_
_x000D_
त्यस्तै समीक्षा अवधिमा चालु खर्च १ सय ४९ अर्ब ५७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १ सय २६ अर्ब ३५ करोड रहेको थियो।
_x000D_
_x000D_
समीक्षा अवधिमा १८ अर्ब ७८ करोड पुँजीगत खर्च भएको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।