काठमाडौं- नेपाल राष्ट्र बैंकले जथाभावी लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
_x000D_
_x000D_
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकको योजना विपरीत लगानी गर्ने बैंक तथा वित्तिय संस्थालाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्।
_x000D_
_x000D_
विगत ३ महिनायता केही निजी क्षेत्रका बैंकहरुले ६७ अर्ब निक्षेप संकलन गरेर १ सय ६७ अर्ब लगानी गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
_x000D_
_x000D_
निक्षेपभन्दा बढी लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्ने नेपाल राष्ट्र बैंकको योजना छ। नेपाल वित्तीय संस्था कर्मचारी संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले राष्ट्र बैंकको निर्देशन विपरीत लगानी गर्ने बैंकमाथि कडा निगरानी राख्न बैंक अन्तर्गतका ट्रेड युनियनलाई पनि सचेत गराए।
_x000D_
_x000D_
गभर्नर नेपालले प्रविधिअनुसार आफ्ना योजनामा पनि परिवर्तन ल्याउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै संघका अध्यक्ष पदमराज रेग्मीले बैंक तथा वित्तीय संस्थाको क्षमता अभिवृद्धि कार्यक्रमको आवश्यकता रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।