काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।
_x000D_
_x000D_
मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्ति समेत जनाए।
_x000D_
_x000D_
उद्योग दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उद्योगीहरुलाई व्यापारी मानसिकतामात्रै बोकेर नहिँड्न पनि सचेत गराए। उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारी मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ लिएको मन्त्री यादवको आरोप छ।
_x000D_
_x000D_
मन्त्री यादवले स्वदेशी उद्योगमा जोड दिएर अघि बढ्न पनि उद्योगीहरुलाई आग्रह गरे।
_x000D_
_x000D_
मन्त्री यादवले व्यापारीहरुले देशको भन्दा पनि आफ्नो मुनाफामा मात्रै ध्यान दिएको गुनासो पनि गरे। उद्योग सञ्चालनका लागि आवश्यक वातावरण नबनेको भनेर उद्योगीहरुले अन्तर्राष्ट्रिय लगानी आउने वातावरण पनि बिगार्ने गरेको मन्त्री यादवको दाबी छ।
_x000D_
_x000D_
मन्त्री यादवले स्वदेशी वस्तु उत्पादनमा उद्योगीहरुले जोड दिए त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको पनि दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।