पर्ल (एजेन्सी)– दक्षिण अफ्रिकी अलराउन्डर वेन पर्नेल चोटका कारण बंगलादेश विरुद्ध एकदिवसीय शृंखलाबाट बाहिरिएका छन्। अफ्रिकी क्रिकेट बोर्डले एकदिवसीय शृंखलाका लागि पर्नेलको स्थानमा वियान मुल्डरलाई समावेश गरेको छ। टि–२० शृंखलामा पर्नेललाई अलराउन्डर रोबी फ्रेलिङ्कले प्रतिस्थापन गर्दैछन्।
टि–२० का लागि नियमित कप्तान फाफ डु प्लेसिस, व्याटसम्यान हासिम अमला, अब्राहम डिभिलियर्स र जेपी डुमेनीलाई पनि समावेश गरिएको छ। कसिगो रबाडा र इमरान ताहिरलाई भने विश्राम दिइएको छ। आफ्नो छनोटलाई लिएर फ्रेलिङ्कले भनेका छन्, ‘म राम्रो गरेर देखाउँछु।’
टि–२० टिमः
फ्राफ डु प्लेसिस(कप्तान), हासिम अमला, फरहान बहरादिन, क्विन्टन डी कोक, अब्राहम डिभिलियर्स, जेपी डुमिनी, रोबि फ्रेलिङ्क, भियुरान हेन्ड्रिक्स, डेभिड मिलर, मंगासियो मोसेले, डेन पिटरसन, एरोन फाङ्गिसो, एन्डिले फेलुक्वायो र तबरेज सामसी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।