राजविराज– अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा शहीद भएका आनन्द साहका परिवारलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ।
मधेशी इञ्जिनियर्स स्टुडेन्ट यूनियन (मेसु) को समन्वयमा मलेठ घटनाका शहीद परिवार सप्तरीको कृष्णसवरण गाउँपालिका निवासी स्व आनन्द साहकी पत्नीलाई रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराइएको मेसुका अध्यक्ष ई सञ्जीवनारायण यादवले बताए।
गतसाता सोही संस्थाले मलेठ घटनाका अन्य शहीद सञ्जन मेहता, पीताम्बर मण्डल, इनर यादव, वीरेन्द्र मेहताका परिवारजनलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।