बाबियाचौर – मानवअधिकार तथा शान्ति समाज, जिल्ला शाखा म्याग्दीको मंगलबार बेनीमा नवौँ अधिवेशन तथा पन्धौं साधारणसभा सम्पन्न भएको छ ।
अधिवेशनले ठाकुरप्रसाद शर्माको अध्यक्षतामा शाखाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपसभापतिमा नवराज पौडेल, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा मुकुन्दप्रसाद आचार्य र सहसचिवमा शिवप्रसाद सुवेदी चयन भएका छन्।
कार्यसमिति सदस्यमा हरिप्रसाद पौडेल, सन्तोष ढुंगाना, निरमाया मिजार, भीमकुमारी बानियाँ (लक्ष्मी), शिव पौडेल, विनोदकुमार श्रेष्ठ र नवराज रिजाल रहनुभएको छ । कार्यसमितिको पहिलो बैठकले थप तीनजना सदस्य मनोनीत गर्ने जनाइएको छ।
अधिवेशनको उद्घाटन कार्यक्रममा वक्ताले मानवअधिकारको रक्षा, शान्ति तथा सुव्यवस्था र हिंसाको अन्त्यका लागि नागरिक समाजको सक्रियता आवश्यक रहेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।