काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारसँग नेपाल एयरलाइन्सले केही समयअघि मात्रै ल्याएका दुई वटा वाइडबडी विमान भाडामा हो कि, खरिद नै गरिएको हो स्पष्ट पार्न सरकारसँग माग गरेको छ।
_x000D_
_x000D_
‘वाइडबडी खरिद प्रकरणको वास्तविकता रहस्यमय बन्नु गम्भीर छ। हाइ फ्लाइ एक्ससँग जहाज खरिद गरिएको हो की नियोजित रुपले नयाँ दर्ता गरिएको हो? वा सो कम्पनीले एयरबससँग जहाज खरिद गरेर नेपाल एयरलाइन्सलाई भाडामा उपलब्ध गराएको हो’ यस विषयमा जतिसक्दो छिटो प्रष्ट पारिदिन सरकारसँग कांग्रेसले माग गरेको छ।
_x000D_
_x000D_
गम्भीर घोटालाको आशंकामाथि गहिरो छानबिन गर्न माग गर्दै कांग्रेसले भनेको छ– जहाज खरिदमा सार्वजनिक खरिद ऐनको पालना भएको छ कि छैन? स्पष्ट होस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।