काठमाडौं- आर्थिक वर्ष सुरु भएदेखि कात्तिक मसान्तसम्म वैदेशिक रोजगार विभागमा संस्थागततर्फ ४ सय ३४ र व्यक्तिगततर्फ ३ सय २१ विभिन्न ठगीसम्बन्धी उजुरी परेको छ। यो अवधिमा ३२ करोड ६४ लाख ९२ हजार बिगो दाबीसहित रोजगारपीडितले विभागमा उजुरी दर्ता गरेका छन्।
_x000D_
_x000D_
म्यानपावर कम्पनी तथा संस्थगततर्फ १५ करोड ११ लाख १७ हजार बिगो माग दाबीसहित रोजगारी पीडितले उजुरी दर्ता गराएको विभागले जानकारी दिएको छ। जसमा विभागले २ सय १२ वटा उजुरी फरफराक गराउँदै पीडितलाई १ करोड ६० लाख बिगो भराउने सफल भएको जनाएको छ। व्यक्तिगततर्फ १७ करोड ५३ लाख ७४ हजार दाबी गर्दै उजुरी परेको विभागको मुद्दा शाखाले जानकारी दिएको छ। यो व्यक्तितफ ४२ वटा उजुरी फरफराक गर्दै ३५ लाखभन्दा बिगो भराएको तथ्यांकमा उल्लेख छ। संस्थागतभन्दा व्यक्तिगत आर्थिक शोषणमा परेका धेरै पीडित विभाग धाउने गरेका छन्।
_x000D_
_x000D_
विभागको तथ्यांक अनुसार ५९ वटा उजुरीमात्र अदालतमा मुद्दा दायर भएका छन्। अदालमा दायर भएका मुद्दाका आधारमा हेर्ने हो भने फरफारक अथवा उजुरी मिलाउने क्रम तीव्र रुपमा बढेको पाइन्छ। त्यस्तै अदालतमा बिगो दाबी कायम रहेको रकम भने ८ करोड १७ लाख १४ हजार रुपैयाँ छ।
_x000D_
_x000D_
विभागले संस्थागत उजुरी परेमा निवेदन परेको २४ घन्टामा सम्बन्धित म्यानपावर र रोजगारपीडितलाई बोलाएर दुवै पक्षबीच आपसी छलफल गराउने, दुवै पक्षबीच सहमति नभएमा क्षतिपूर्ति यकिन गर्ने, म्यानपावर कम्पनीले क्षतिपूर्ति नतिरेमा धरौटीबाट कट्टा गरी जरिवाना पीडितलाई क्षतिपूर्ति भराउँदै आएको विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले जानकारी दिए।
_x000D_
_x000D_
व्यक्तिगत उजुरीतर्फ जाहेरी लिने, अनुसन्धान अधिकृत तोक्ने र अनुसन्धान अधिकृतले पक्राउ पूर्जी जारी गर्ने तथा अनुसन्धान अधिकृतले सरकारी वकिलको राय लिई वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरी पीडितलाई न्याय प्रदान गरिँदै आएको उनको भनाइ छ।
_x000D_
_x000D_
हातमा सिप नभएका व्यक्ति वैदेशिक रोजगारीमा जाँदा ठगिने र विदेशमा समस्यामा परेर स्वदेश फर्किने क्रम बढ्दै गएको छ।
_x000D_
_x000D_
पछिल्लो समय कतार र साउदी गएका धेरै कामदार समस्यामा पर्ने गरेका छन्। विभागमा प्राय संस्थागत तर्फका अधिकांश उजुरी खाडीका देश र मलेसियाका देशको आउने गरेको छ। विभागमा दैनिक ५ देखि १० वटा सम्म उजुरी पर्ने गरेका छन्।
_x000D_
_x000D_
गत आर्थिक वर्षमा संस्थागततर्फ ७६ करोड ८३ लाख ६१ करोड क्षतिपूर्ति दाबी गरिएकामा विभागले ८ सय ३२ उजुरीको फरफारक गरी पीडितलाई ४९ करोड ५४ लाख ४९ हजार क्षतिपूर्ति भराएको विभागले जानकारी दिएको छ।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।