बारा (सिमरा)- पाँच दिनअगाडि बारामा फेला परेको नवजात शिशुलाई प्रहरीले कलैयास्थित अनाथालयलाई जिम्मा लगाएको छ।
जिल्ला बालकल्याण समितिको बसेको बैठकले ती नवजात शिशुलाई अमृता अनाथालयमा मंगलबार जिम्मा लगाइएको प्रहरी प्रवक्ता भुनेश्वर साहले बताए।
साहका अनुसार एक महिनाको सो अनाथालयमा ती शिशुलाई राखिने र पछि दाबी गरेका मध्येबाट कानुनले मिलेअनुसार जिम्मा लगाउने प्रवक्ता साहको भनाइ छ।
शिशु बुझेपछि अनाथालयकी सञ्चालिका फूलमति बस्नेतले आफूले लालनपालनमा कुनै कमी नगर्ने प्रतिबद्धता व्यक्त गरिन्। असोज २६ गते धान खेतमा बेवारिस अवस्थामा नवजात शिशु फेला पारिएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।