काठमाडौं- इलाका प्रहरी कार्यालय सुखडले पेट्रोलियम पदार्थको कालो बजारी गर्ने खुद्रा व्यापारीलाई छोडेको छ।
_x000D_
_x000D_
प्रहरी कार्यालय सुखडले नगरपालिकाभित्र राजमार्ग क्षेत्रमा गस्ती गर्ने क्रममा १२ वटा खुद्रा पसलमा खुलेआम पेट्रोल विक्री वितरण भइरहेको फेला पारेको थियो । प्रहरीले ती पसलबाट पेट्रोल बरामद गरेपनि व्यापारीलाइ भने छोडेको हो।
_x000D_
_x000D_
ईलाका प्रहरी कार्यालय सुखडले १२ वटा पसलबाट झण्डै एक सय लिटर पेट्रोल बरामद गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यज्ञराज जोशीले व्यापारीलाई सम्झाइ बुझाई गरेर छोडेको बताए।
_x000D_
_x000D_
उनले घोडाघोडी नगरपालिका वडा नम्बर १, २, ३, ७, ११ र १२ क्षेत्रमा रहेका खुद्रा पसलमा बेच्न भनी राखिएका पेट्रोलका जर्किन र बोतल बरामद गरेको बताए। इलाका प्रहरी प्रमुख जोशीले आगामी दिनमा फेरी त्यस्तो गरेको खण्डमा ती व्यापारीहरुलाई कानुन बमोजिम कारबाही गरिने बताए।
_x000D_
_x000D_
उनले विभिन्न ठाउँबाट बरामद गरिएको पेट्रोल के गर्ने? कसो गर्ने? भन्ने बारेमा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यलयसँग कुराकानी भईरहेको बताए।
_x000D_
_x000D_
घोडाघोडी बहुमुखी क्याम्पसका सुखड पुर्व क्याम्पस प्रमुख तथा प्रध्यापक लक्ष्मी प्रसाद भट्टराईले राजमार्ग क्षेत्रमा पेट्रोलको कालोबजारी बढीरहेको बताए। ‘पेट्रोल पम्पमा जा“दा पेट्रोल हु“दैन तर, छेउमा खुलेआम केही शूल्क बढीमा पाइरहेको हुन्छ’ उनले भने ‘प्रशासन, प्रहरी र सरोकारवालाहरुले अनुगमन र कडा कारबाही प्रक्रिया अघि नबढाउँदा कालोबजारी मौलायो।’
_x000D_
_x000D_
स्थानीयका अनुसार खुद्रा पसलका व्यापारीहरुले एक लिटरको १ सय ३० देखी १ सय ४० रुपैयाँमा बेच्ने गरेको जनाईएको छ। आयल स्टोरमा पेट्रोल प्रति लिटर एक सय १० रुपैयाँमा विक्री वितरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।