जनकपुर– संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले पदबाट राजीनामा दिएकी छिन्। यादवले उपाध्यक्षसहित प्रदेश २ को ईन्चार्ज समेतबाट राजिनामा दिएकी हुन्।
_x000D_
_x000D_
पार्टीको निर्णयविपरीत गत असोज ३ गते संविधानविरुद्ध कालो दिवस मनाउने समूहको नेतृत्व गरेको भन्दै फोरमको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश ईन्चार्जबाट हटाउन खोजेपछि यादवले राजिनामा दिएको जनाइएको छ। मंसिर २ गतेदेखि फोरमको पदाधिकारी बैठक काठमाडौंमा जारी छ।
_x000D_
_x000D_
यादवलाई प्रदेश इन्चार्जबाट हटाउन पार्टीका महासचिव रामसहायप्रसाद यादव र उपमहासचिव प्रकाश अधिकारीले बैठकमा उनलाई इन्चार्जबाट हटाउने प्रस्ताव ल्याएका थिए।
_x000D_
_x000D_
रेणु यादवलाई हटाएर कोषाध्यक्ष विजय यादवलाई प्रदेश इन्चार्ज बनाउनु पर्ने उनीहरुको माग छ।
_x000D_
संविधानप्रति असन्तुष्टि जनाउँदै आएको फोरमले असोज ३ गते कालो दिवसका रूपमा मनाएको र त्यसका कारण पार्टीले क्षति ब्यहोरेको उनीहरूको धारणा छ।
_x000D_
_x000D_
केन्द्रको निर्णय विपरीत रेणुले त्यसको नेतृत्व गरेको उनीहरूले आरोप लगाएका छन्।
_x000D_
_x000D_
प्रदेश इन्चार्जबाट हटाउने प्रयास सुरु भएपछि त्यस अगावै यादवले उपाध्यक्षसहितको पदबाट राजीनामा दिएको जनाइएको छ।
_x000D_
_x000D_
रेणुको राजिनामा पेश भएपछि पदाधिकारी बैठक स्थगित भएको छ। यादवलाई राजिनामा फिर्ता लिन आग्रह गर्दै बैठक स्थगित भएको पार्टीका एक केन्द्रीय सदस्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।