काठमाडौं- शान्ति सम्झौताको १२ वर्ष पुगेकै दिन बुधबार तत्कालीन माओवादी एक जना पूर्व लडाकुले गृहमन्त्री राम बहादुर थापा बादलकै अगाडि विष सेवन गरेका छन्।
_x000D_
_x000D_
बुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गृहमन्त्रालय पुगेका पूर्व लडाकु दुर्गाप्रसाद भट्टराईले आफूहरुमाथि अन्याय भएको भन्दै विष सेवन गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो। उनले कीटाणु मार्ने औषधी खाएको बताइएको छ।
_x000D_
_x000D_
विष सेवन गरेका उनलाई उपचारका लागि वीर अस्पतालको अाकस्मिक कक्षमा भर्ना गरिएको वीर अस्पतालमा कार्यरत नेपाल प्रहरीका सइ वीरेन्द्र खनालले जानकारी दिए। १० वर्षसम्म युद्ध लडेको तर अहिले पार्टीले आफूहरूलाई नहेरेको पूर्व लडाकुको गुनासो छ।
_x000D_
_x000D_
उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।