काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीलाई भूमिगत भन्नु हास्यास्पद भएको बताएको छ।
_x000D_
_x000D_
पार्टी पुनर्गठन गरेको दिनको अवसर पारेर यही मंसिर ८ गते नेकपा केन्द्रीय समितिले आयोजना गर्ने र्याली तथा जनसभाको तयारीबारे जानकारी दिन बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाले सत्तापक्षले बदनाम गर्न आफ्नो पार्टी भूमिगत भएको आरोप लगाएको दाबी गरेको छ।
_x000D_
_x000D_
पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रीय सदस्य एवम् जनसभा प्रचारप्रसार उपसमितिका संयोजक चिरन पुनले शनिबार आयोजना हुन गइरहेको जनसभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले भने, ‘हाम्रो पार्टीले पार्टी पुनर्गठनको दिनको अवसर पारेर यही मंसिर ८ गते काठमाडौंमा विशाल र्याली र जनसभा गर्दैछ। त्यसको तयारी सम्पूर्णरुपले पूरा भएको यही पत्रकार सम्मेलनमार्फत जानकारी गराउन चाहन्छु’ संयोजक पुनले भने।
_x000D_
_x000D_
संयोजक पुनले नेकपा गठन भएदेखि नै खुला र जनताको माझ रहेको दाबी गरे। उनले भने, ‘हाम्रो पार्टी गठन पहिले पनि अहिले पनि खुला र जनतामाझ छ। भूमिगत रहेको भए यहाँ यसरी तपाईंहरुको अगाडि हुन्थ्यौं र? त्यसकारण नेकपालाई भूमिगत भन्नु हस्यास्पद छ।’
_x000D_
_x000D_
उनले पार्टी पुनर्गठन गरेको घडीबाटै भूमिगत शब्द ‘डिलिट’ गरेको बताए। ‘भूमिगत शब्दले जनतामा भ्रम पर्ने देखेरै त्यसलाई पूर्णरुपले त्यहीबेला पार्टीले डिलिट गरिसक्यो’, उनको भनाइ थियो। जनसभाका मुख्य वक्ता नेकपाका प्रवक्ता प्रकाण्ड रहने र अन्य पार्टीका आमन्त्रित वक्ताहरु पनि सहभागी रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो।
_x000D_
_x000D_
प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा (माआवादी)लाई छाडेर मोहन वैद्य किरणको नेतृत्वमा बनेको नेकपा माओवादीसँग पनि सम्बन्ध विच्छेद गरेर २०७१ साल मंसिर ८ गते विप्लवको नेतृत्वमा नेकपा माओवादी पुनर्गठन गरेको थियो। त्यसपछि २०७३ फागुन १ गते काठमाडौंमा उद्घाटन गरी ८ गते रोल्पाको थवाङमा सम्पन्न गरेको आठौं महाधिवेशनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी अर्थात नेकपा पारित गरेको थियो।
_x000D_
_x000D_
सोही दिनको अवसर पारेर यही मंसिर ८ गते जनसभा गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।