क्याम्प नेउ (एजेन्सी)– विश्व फुटबलका स्टार खेलाडी अर्जेन्टिनाका लिओनल मेसी तेस्रो बच्चाको बुवा बन्दैछन्। यस कुराको खुलासा उनकै श्रीमती आन्टोनेला रोक्युजोले गरेकी छिन्।
अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन यसै साता इक्वेडर विरुद्ध ह्याट्रिक गोल गरेका मेसी स्पेन फर्किएपछि आन्टोनेलाले आफ्नो श्रीमानलाई खुसीको खबर दिएकी हुन्। यी दुईबाट पहिले नै दुई सन्तान छन्। जेठो छोरा थियागो ४ वर्ष पुगिसकेका छन् भने अर्को छोरा माटियोको उमेर २ वर्ष छ।
तेस्रो बच्चा छोरा वा छोरी हुने खुलाइएको छैन्। तर, मेसीले रोक्युजोको पेटमा रहेको आफ्नो सन्तानलाई सुमसुमाएको फोटो पोस्ट गरेका छन्। जसमा उनले आफ्नो सानो छोरालाई बोकेका छन्।
३० वर्षीय मेसीले यसै वर्ष रोक्युजोसँग भब्य कार्यक्रमका बीच अर्जेन्टिनामा विवाह गरेका थिए। विवाहपूर्व नै उनीहरुको २ सन्तान भइसकेका थिए। २९ वर्षीय रोक्युजो मेसीको बच्चै देखिको साथी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।