कोची (एजेन्सी)– भारतीय क्रिकेटर एस श्रीसन्तको अजीवन प्रतिबन्धको निर्णयलाई केरलको उच्च अदालतले कायम राखेको छ। सन् २०१३ मा स्पट फिक्सिङको आरोपमा उनलाई आजीवन प्रतिबन्ध लागेको थियो। गत अगस्टमा मात्र अदालतले उनको आजीवन प्रतिबन्धको निर्णयलाई हटाएको थियो। तर, भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले यो निर्णय विरुद्ध पुनः अदालतमा मु्द्दा दायर गरेको थियो।
बिसिसीआईले दायर गरेको मुद्दामा केरलको उच्च उदालतले श्रीसन्तको आजीवन प्रतिबन्धको फैसलालाई कायम राख्ने निर्णय गरेको हो। अदालतले भनेको छ- 'श्रीसन्तले यस अवधिमा बिसिसीआईले आयोजना गर्ने कुनै खेलमा खेल्न पाउने छैनन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।