काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ।
_x000D_
_x000D_
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। मंगलबार संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका उनले सञ्चारकर्मीमाझ चालू आर्थिक वर्षभित्र मूलभूत रुपमा सम्पन्न हुनेगरी निजी आवास पुनर्निर्माणको कामलाई तीब्रता दिइएको स्पष्ट पारे। बैठक कोरम नपुगेर स्थगित भएको छ।
_x000D_
_x000D_
प्राधिकरणले हालसम्म ४३ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको, ३४ प्रतिशत काम सुरु गरिएको र बाँकी कामलाई पनि तीब्रता दिइएको जानकारी गराएको छ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती निर्माणको काममा भने केही ढिलाइ हुनसक्ने जनाए।
_x000D_
_x000D_
प्राधिकरणले अब बाँकी रहेको २ वर्ष ३ महिना भित्र सम्पदासहितको पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने दाबी पनि गरेको छ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘पुनर्निर्माणका लागि दिइएको पाँच वर्षको समयमध्ये अब २ वर्ष ३ महिना बाँकी छ। यो समयभित्र पुनर्निर्माणको सबै काम सम्पन्न हुनेछ।’ उनले पुरातात्विक महत्वका सम्पदाहरु धरहरा, रानीपोखरी, काष्ठमण्डप निर्माणको कामलाई तीव्रता दिइएको पनि जानकारी दिए।
_x000D_
_x000D_
प्राधिकरणले पुनर्निर्माणको कामलाई तीब्रता दिन स्थानीय तहलाई नै गुनासो तत्काल सम्बोधन गर्ने प्रावधानसहितको कार्यविधि पनि पारित गरेको छ। त्यसैगरी पुनर्निर्माणको लागि प्राविधिकहरुको कमी हुन नदिन त्यसको उचित व्यवस्था पनि गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।