चिप्लेढुङ्गा– धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब १० अर्ब रुपैयाँको लागतमा केवलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ।
_x000D_
_x000D_
पोखराबाट नजिक रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केवलकार निर्माणको प्रक्रिया अघि बढाएको हो। कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत गुरुयोजनासहित अघि बढेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।
_x000D_
_x000D_
जनतासँग छरिएर रहेको पूँजी सङ्कलन गरेर विकासको पूर्वाधार निर्माणमा जुटेको यस परियोजनाले पर्यटन विकासमार्फत मध्यम वर्गीय जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने उनको भनाइ छ।
_x000D_
_x000D_
पोखरा–२३ स्थित घाँटीछिनामा केवलकारको तल्लो स्टेसन राखिने छ। यसको लम्बाइ साढे ८ किलोमिटर रहने छ। केवलकारमा ८० टावर रहनेछन्। एकै पटक दुई हजार ४ सय यात्रु आउन जान मिल्ने केवलकारले दैनिक १० हजार मानिस बोक्नसक्ने गरी निर्माण हुने शर्माले बताए।
_x000D_
_x000D_
१० अर्ब रुपैयाँको योजनामध्ये ३ अर्ब केबुलकारमा र त्यसबाहेक बाँकी रकम अन्य संरचना निर्माणमा खर्च हुने सञ्चालक धनप्रसाद उपाध्यायले जानकारी दिए। तीन हजार रोपनी जग्गा भाडामा लिएर घाँटीछिनामा बनाइने हेरिटेज प्लाजामा स्थानीयवासीले उत्पादन गरेका परम्परागत हस्तकलाका सामान रहनेछन्। पञ्चासेमा पर्यटक लैजानका लागि ६ वर्षमा बनाइसक्ने गरी केवलकार निर्माण गरिने शर्माले बताए।
_x000D_
_x000D_
विसं २०७६ साल माघमा शिलान्यास गरेर विसं २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उनले जानकारी दिए।
_x000D_
_x000D_
परियोजना सञ्चालनका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको उनको भनाइ छ। परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका बासिन्दालाई ३ अर्ब रुपैयाँ बराबरको शेयर वितरण गरिने आयोजनाले जनाएको छ। त्यसका अलावा कर्पोरेट, पत्रकार, वकिल, राष्ट्रसेवक कर्मचारीलगायत सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिइने जनाइएको छ।
_x000D_
_x000D_
अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन्। त्यस्तैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारीसाधन र त्यसपछि तीनदेखि चार घन्टासम्म पैदल जानुपर्ने बाध्यता छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।