रुपन्देही– रुपन्देही र नवलपरासीको सीमा क्षेत्र सिसानी ज्यामिरेमा नयाँ सिमेन्ट उद्योग खुल्ने भएको छ। पाल्पा सिमेन्ट उद्योग प्रालि नामक सिमेन्ट उद्योग खुल्ने भएको हो। आरएमसी ग्रुपको लगानीमा आफ्नै क्लिंकर प्लान्ट सहितको उद्योग खुल्न लागेको उद्योगले जनाएको छ।
_x000D_
_x000D_
२२ विघा क्षेत्रफलमा फैलिएको उद्योगको भौतिक संरचना निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ। गएको वर्ष देखि नै उद्योगको निर्माण कार्य थालिएको हो। उद्योग निर्माण कार्य तीब्ररुपमा अगाडि बढेकाले आगामि जनवरी १५ बाट उत्पादन थालिने उद्योगका प्रशासन प्रमुख राजकुमार अग्रवालले बताए।
_x000D_
_x000D_
उद्योगको जनवरी १५ बाट क्लिंकर उत्पादन गर्ने र त्यसको ४ महिनामा सिमेन्ट उत्पादन गर्ने उनले बताए। अग्रवालका अनुसार उद्योगको क्षमता दैनिक १८ सय टन सिमेन्ट उत्पादन गर्नसक्ने छ।
_x000D_
_x000D_
उद्योग सञ्चालन भएपछि ३ सय ५० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने उनले बताए। आरएमसी ग्रुपले राजेश मेटलक्राफ्ट जस्तापाता उत्पादन गरेको छ भने विगत ८ वर्ष देखि विरगन्जमा आरएमसी सिमेन्ट उत्पादन गर्दै आएको छ। पछिल्लो समय बजार प्रतिस्पर्धा बढेको भएपनि उत्पादिन सिमेन्ट नबिक्ने सम्धावना नरहेको अग्रवालले दाबी गरे।
_x000D_
_x000D_
रुपन्देहीमा ११ वटा सिमेन्ट उद्योग
_x000D_
_x000D_
लुम्बिनी करिडोरमा हाल ११ वटा सिमेन्ट उद्योग छन्। यी उद्योगको क्षमता दैनिक २ लाख टन सिमेन्ट उत्पादन गर्नसक्ने छ।
_x000D_
_x000D_
यसक्षेत्रकै सबैभन्दा ठूलो अर्घाखाँची सिमेन्ट उद्योगले ६ अर्बभन्दा बढी लगानी गरी उद्योग सञ्चालनमा ल्याएको छ। अर्घाखाँची सिमेन्टको आफ्नै क्लिंकरसहितको उद्योग सञ्चालनमा रहेको छ।
_x000D_
_x000D_
त्यस्तै रिलायन्स सिमेन्टले पनि आफ्नै क्लिंकरसहितको उद्योगबाट उत्पादन गरिरहेको छ। यस क्षेत्रमा रहेका अन्य उद्योगको भने आफ्नो क्लिंकर उत्पादन गर्ने प्लान्ट नभएको पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका महासचिव विदुर ढुंगानाले बताए। आफ्नै क्लिंकर प्लान्ट नभएपनि नेपाल क्लिंकरमा आत्मनिर्भर रहेको उनले दाबी गरे।
_x000D_
_x000D_
रुपन्देहीमा अम्बुजा, अग्नी, गोयन्का, अर्घाखाँची, वृज, रिलायन्स, सिदार्थ, सुप्रिम, पाठक, जगदम्बा लगायतका सिमेन्ट उद्योग सञ्चालनमा छन्। यहा उत्पादित सिमेन्टमध्ये १५ प्रतिशत रुपन्देहीमा नै खपत हुने बताइन्छ। बाँकी भने संघीय राजधानी काठमाडौं तथा देशका अन्य सहरसम्म पुग्ने व्यवसायीहरुको भनाइ छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।