काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले पूँजीगत खर्च सन्तोषजनक नरहेको भन्दै सत्तारुढ सांसदले नै सरकारको चर्को आलोचना गरेका छन्।
_x000D_
_x000D_
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा पूँजीगत खर्चसम्बन्धी छलफलमा भाग लिँदै सांसदहरुले पूँजीगत खर्च जनताको अपेक्षा अनुसार हुन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन्।
_x000D_
_x000D_
बैठकमा समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूँजीगत खर्च गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले नयाँ आर्थिक वर्ष सुरु भएको ४ महिना बित्दा पनि आयोजनाहरुको डिजाइनको काम समेत सुरु गर्न नसकेको भन्दै कहिले पूँजीगत खर्च गर्न सुरु गर्ने भनी सरकारसँग प्रश्न समेत गरे।
_x000D_
_x000D_
समितिका अर्का सदस्य विष्णु पौडेलले औचित्य पुष्टि नभई गैर बजेट बिनियोजन नगर्न पनि सरकारलाई सचेत गराए। पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले गैर बजेटको दबाव अर्थ मन्त्रालयमा परेको उल्लेख गर्दै त्यस्ता परिपार्टीको अन्त्य गर्न पनि अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए।
_x000D_
_x000D_
समितिको बैठकमा अर्थ सचिव राजन खनालले गैर बजेटको दबाव नदिन अन्य मन्त्रालयलाई आग्रह गरे। उनले अतिआवश्यक परे मन्त्रालयले आफ्नै स्रोत परिचालन गरेर पनि बजेट खर्च गर्न सकिने व्यवस्था गरिएको पनि स्मरण गराए।
_x000D_
_x000D_
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायतका विभिन्न मन्त्रालयका पदाधिकारीहरुले पूँजीगत खर्चको अवस्थाबारे समितिलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।