• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रकाश नहुँदा प्रचण्ड परिवारको एक वर्ष

64x64
किशोर दहाल सोमबार, मंसिर ३, २०७५  ११:१५
1140x725

काठमाडौं– ‘मलाई छोराभन्दा पनि एउटा सहयोगी र एउटा साथी गुमेको जस्तो लागिरहन्छ। प्रकाशले मलाई राम्ररी बुझेको थियो’, प्रकाश पिता तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकटहरुको जमघटमा पटक पटक भन्ने गरेका छन्, ‘कतिपय कुरामा ऊ परिपक्व हुँदै थियो। तर छोडेर गयो।’

_x000D_ _x000D_

पुत्र प्रकाशका प्रसङ्गहरुमा प्रचण्ड भावुक हुन्छन् र सम्हालिन्छन्। सार्वजनिक कार्यक्रमहरुमा पनि उनको भाव भंगीमा देखिएकै हो। खासगरी प्रचण्ड पत्नी सीता दाहालको अनियन्त्रित उद्वेलनका कारण कार्यक्रमहरुमा प्रचण्ड अरु बढी नियन्त्रित जस्तो देखिन्छन्। उनलाई थाहा छ, उनी पुत्र गुमाएका पिता मात्र होइनन्, यो देशका नेता पनि हुन्। 

_x000D_ _x000D_

अघिल्लो वर्ष सम्पूर्ण देश चुनावी संघारमा रहेका बेला प्रचण्डलाई पुत्र शोक परेको थियो। उनी चुनावी अभियानमा झापामा रहेका बेला काठमाडौंमा प्रकाशको निधन भएको थियो। उनको निधनले परिवारलाई परेको असरबारे दिदी गंगा दाहालले सोमबार बिहान फेसबुमा लेखिन्– तिमी बिनाको यो एक बर्ष हाम्रो लागि कहालीलाग्दो पलपल तिम्रो सम्झनामा बिते। तिमी बिनाको परिवार अधुरो छ भाइ।

_x000D_ _x000D_

स्वकीय सचिवको रुपमा बाबुलाई सघाउँदै आएका प्रकाशको निधनले प्रचण्ड परिवारलाई निकै असर पर्न सक्ने अनुमान त्यतिबेलै पनि भएका थिए। यो एक वर्षमा प्रचण्ड परिवारमा आएका अप्ठ्याराहरु केलाउने हो भने यो परिवारमा प्रकाशको अभाव महसुस भएकै छ। त्यो पारिवारिक सदस्यको रुपमा रहने आत्मियताको अभावमा मात्रै केन्द्रित छैन, प्रचण्डको राजनीतिक रणनीतिमा पनि असर परेको देखिन्छ।

_x000D_ _x000D_

‘पारिवारिक रुपमा मात्र होइन अध्यक्षज्यूलाई राजनीतिक रुपमा पनि प्रकाशको अभाव महसुस भइरहन्छ’ प्रचण्ड नजिकका एक नेता भन्छन्, ‘अझ सीता म्याडमको अवस्था त प्रकाश गएपछि साँच्चै दयनीय छ।’ 

_x000D_ _x000D_

हुन पनि, पुत्र प्रकाशको निधनपछि प्रचण्ड परिवारलाई परेको धेरै असरमध्ये सीता दाहालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भने धेरैले देखेका छन्। पुत्र वियोग सहनु आमाका निम्ति कष्टकर कुरा हो नै। सीता अपवाद हुने कुरा थिएन। तर प्रकाशको मृत्युपछि भने सीता सदैव असहज अवस्थामा देखिन्छिन्।

_x000D_ _x000D_

प्रकाश जीवित हुँदा आमा छोराको सम्बन्ध निकै नै घनिष्ठ थियो। त्यसले पनि प्रकाशको मृत्युले सीतालाई कहिल्यै सहज र खुसी हुनै दिएन। सार्वजनिक कार्यक्रममा होस् वा अन्य पारिवारिक जमघटमा होस् सीताको अनुहारमा खुसी देखिन छाडेको छ। बिरामी भएपछि त उनलाई सामान्य हिँडडुल गर्न समेत सहयोगी चाहिने अवस्था छ।

_x000D_ _x000D_

यसबीच उनलाई नेपालकै नर्भिक, दिल्लीको मेदान्त तथा सिंगापुरको मटी एलिजावेथ अस्पतालमा उपचार भइसकेको छ। तर सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भन्ने सिंगापुर पुगेपछि मात्रै पुष्टि भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सीतालाई उपचारका लागि प्रचण्डले बेलाबेलामा सिंगापुरमा लैजाने गरेका छन्। उनको उपचार र हेरचाहमा विशेष ख्याल गरिरहेका छन्। कतिसम्म भने,सीताको उपचारका लागि प्रचण्डले आफ्ना पूर्व आस्था र आदर्शमा समेत सम्झौता गरिरहेका छन्। केही दिनअघि सीताकै उपचारको निम्ति भन्दै प्रचण्ड म्याग्दीको तातोपानीमा नुहाउन पुगेका थिए। सोही जिल्लामा रहेको गलेश्वर महादेवको मन्दिरमा आरति गरेको तस्बिर समेत सार्वजनिक भएको थियो।

_x000D_ _x000D_

सीताको अस्वस्थाकै कारण प्रचण्डमा पारिवारिक तनाव र जटिलता थपिनु स्वभाविक हो। त्यसैले पनि पछिल्लो समय उनको राजनीतिक दायरा र सक्रियता पनि खुम्चिँदै गएको देखिन्छ।

_x000D_ _x000D_

अर्को कुरा, प्रचण्डमा शान्ति प्रक्रियामा आएदेखि नै असुरक्षा भाव देखिन्छ। त्यसलाई उनले बेलाबेलामा सार्वजनिक गर्ने पनि गरेका छन्। यो आम रुपमा स्वीकार गरिएको तथ्य पनि हो। तर, प्रकाशको निधन भएको केही हप्तामै प्रचण्ड निवास सरेका थिए। ०७४ मंसिर ३ मा प्रकाशको निधन भएको थियो भने प्रचण्ड २९ गते खुमलटार सरेका थिए।

_x000D_ _x000D_

खुमलटार पुग्नुमा प्रचण्डको सुरक्षा संवेदनशीलता पनि प्रमुख कारण भएको विश्लेषण हुने गरेका छन्।

_x000D_ _x000D_

प्रचण्डलाई कहाँबाट असुरक्षा छ र त्यसलाई कसरी रणनीतिक रुपमै कसरी निस्तेज तुल्याउने भन्ने ज्ञान भने प्रकाशमा थियो। बाबु प्रचण्ड, पत्रकारहरु तथा सुरक्षा निकायसँग पनि राम्रो सम्बन्ध भएका प्रकाश बाबुको सुरक्षामा तल्लीन पनि थिए। प्रचण्ड पनि छोरा प्रकाशको साथमा ढुक्क भएर हिँड्न सक्थे।

_x000D_ _x000D_

प्रकाशको मृत्युपछि प्रचण्डले उनलाई नेताको रुपमा चिनाउँदै आएका छन्। शनिबार मात्रै दोलखाको चरिकोटमा आयोजित एउटा कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘मेरो छोराभन्दा पनि एकजना उदयीमान नेता प्रकाश...।’ बोल्दाबोल्दै प्रचण्ड भक्कानिए तर आफ्नो संकेत दिइसकेर।

_x000D_ _x000D_

उनलाई नेता नै मान्ने समूह त थोरै नै छ। तर दाहाल परिवारको स्वभाविक एउटा उत्तराधिकारी भने प्रकाश थिए। युद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर उनको आरोह अवरोहलाई नजिकबाट साथ दिएका र प्रचण्ड रणनीतिमा पटकपटक प्रयोग भएका कारण प्रकाशमा प्रचण्ड कौशलको छाप परेको छैन भन्ने सकिन्न। त्यसो त माओवादी शान्ति प्रक्रियामा आउँदाताका ’नयाँ पारस’ को उपमा पाएका प्रकाश पछिल्लो समय परिपक्व पनि देखिन थालेका थिए। सोमबारको स्मृतिसभामा प्रचण्डले प्रकाशमा केही केही बालसुलभ कमिकमजोरी भए पनि उदयीमान प्रतिभाको रुपमा परिपक्व हुँदै गएको स्मरण गरेका थिए।

_x000D_ _x000D_

प्रकाशको मृत्युसँग प्रचण्डलाई सकस परेको देखिन्छ, अब कसलाई अगाडि बढाउने? हुन त अहिले राजनीतिमा दुई पात्र अगाडि देखिन्छन्, छोरी रेणु दाहाल र बुहारी बिना मगर। दुवैले दाहाल परिवारको बिँडो थाम्ने दाबी गर्नु अस्वभाविक होइन। तर, स्वयं प्रचण्ड भने कसको शीरमा हात राख्ने दोधारमा परेजस्ता देखिन्छन्। यद्यपि, यी दुवैका निम्ति उनले यथाशक्य उदारता भने देखाएका छन्।

_x000D_ _x000D_

कुन बेला कस्ता सूचना चुहाउने, कस्ता फोटा सार्वजनिक गर्ने जस्ता कुरामा प्रकाश निपुण थिए। बाबु प्रचण्डका मनको कुरा छिटो र सही रुपमा बुझ्न सक्ने उनले कतिपय कुराका बाहिरी प्रतिक्रिया बुझ्न सामाजिक सञ्जाल तथा मिडियालाई समेत प्रयोग गर्न सक्थे। बेलाबेलामा मिडियालाई समेत उपयोगी खुराक सार्वजनिक गरिदिन्थे। प्रचण्ड परिवारले तास खेलेको, प्रधानमन्त्रीका रुपमा भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रचण्डबीच भएको भेटघाटको फोटो प्रकाशले नै सार्वजनिक गरेका थिए। 

_x000D_ _x000D_

प्रचण्डसँग बाबुछोरा जस्तो मात्रै नभई साथीको रुपमा समेत व्यवहार हुने भएकाले यी दुईबीच अति भावनात्मक निकटता पनि थियो। जसको परिणाम प्रचण्डको सचिवालय सञ्चालनमा समेत देखिन्थ्यो।

_x000D_ _x000D_

साथै, प्रचण्डका गोप्य भेटघाट र छलफलका लागि पनि प्रकाश सहज पात्र थिए। जसका कारण उनी आफ्नो सुरक्षा टुकडीलाई समेत जानकारी नदिई छोरा प्रकाशलाई ड्राइभिङ गर्न लगाएर जानसक्थे। गोपनीयताको चिन्ता हुँदैनथ्यो।

_x000D_ _x000D_

प्रचण्डको सचिवालयलाई प्रकाशले कुशलतापूर्वक सञ्चालन गरेको विषयमा अन्य पार्टीका नेताहरुले समेत मूल्यांकन गरेका थिए। प्रधानमन्त्री तथा पूर्व एमाले अध्यक्ष केपी ओलीले सोमबारको स्मृतिसभामा प्रकाशको सचिवालय सञ्चालन कौशलताको प्रशंसा गरेका थिए। प्रचण्डको सचिवालय सम्हाल्ने कुरा कठिन भए पनि प्रकाशमा तालमेल मिलाउन सक्ने क्षमता भएको ओलीले स्मरण गरेका थिए।

_x000D_ _x000D_

तर पछिल्लो समय प्रचण्डको सचिवालय उति परिपक्व हुन सकेको छैन। सूचनाको प्रवाहको हिसाबले पनि, संयन्त्रको हिसाबले पनि। प्रचण्डले कसैप्रति विश्वास गर्न नसकिरहेको जस्तो देखिन थालेको छ। प्रचण्डले जुन कुरा आफू नबोलेर प्रकाशको तर्फबाट आफ्नो कुरा बोल्न सक्थे, अहिले त्यस्तो अवस्था छैन।
_x000D_ प्रकाशको निधनपछि प्रचण्डको पारिवारिक वातावरण पक्कै उत्साहप्रद छैन। पत्नी सीता बिरामी हुनु, राजनीतिक रुपमा पनि खुम्चिँदै जानु र रक्षात्मक हुनु, रणीतिहरु पनि प्रभावकारी नहुनुको कारण प्रचण्डको मुहारबाट प्रचण्डपन हराउँदै गएको छ।

_x000D_ _x000D_

प्रकाशको अन्त्यष्टिको बेला प्रचण्डको मुहारमा धेरैले पहिलोपटक निरिहता देखेका थिए। त्यसपछिको एक वर्षमा उनको मुहारमा पनि खुसी फर्किएजस्तो देखिन्न। एकमात्र छोराको मृत्युको स्वभाविक असर प्रचण्डको अनुहार र राजनीतिक सक्रियतामा परेको छ।

_x000D_ _x000D_

प्रचण्डले छोरामात्रै गुमाएका थिएनन्। आफ्नो चाललाई बुझ्न सक्ने पार्टी सदस्य, विश्वासयोग्य सचिवालय सञ्चालक र भरपर्दो साथी पनि गुमाएका थिए।

_x000D_ _x000D_

सायद अझै लामो समय प्रकाशको यस्तो अभाव प्रचण्ड परिवारले महसुस गरिरहनेछ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्